काठमाडौं,पुस २५ । प्रमुख विपक्षी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानमाथि प्रहार हुँदा आफूहरु चुप लागेर बस्न नसक्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता सिंहले झण्डै दुई तिहाई बहुमत प्राप्त नेकपाको सरकार असंवैधानिक बाटोतिर लागेको बताए ।
संविधान निर्माण गर्दा नै राजनीतिक स्थिरता दिन प्रधानमन्त्रीलाई संसद भंग गर्ने अधिकार हटाइएको भन्दै असंवैधानिक कदम चाल्ने प्रधानमन्त्रीले घोषणा गरेको चुनाव कुनै हालतमा हुन नसक्ने बताए ।
प्रकाशित मिति : २०७७ पुष २५ गते शनिवार