अर्घाखाँचीमा,२४ पुस । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका एक हप्ताका लागि सम्पुर्ण सेवाहरु बन्द भएको छ ।
पालिका अध्यक्ष लेखनाथ पोखरेलसहित ९ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाका सम्पूर्ण सेवा एक हप्ताका लागि बन्द भएको हो ।
पालिका अध्यक्ष पोखरेलसहित ९ जनालाई संक्रमण पुष्टि भएपछि बिहीबारदेखि पालिकाका कार्यालय र वडा कार्यालयका अति आवश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रमुख प्रशासकिय अधिकृत पवन अर्यालद्धारा जारी गरिएको विज्ञप्तिमा जनाईएको छ ।
पालिका कार्यालय तथा वडा कार्यालयबाट सेवा संचालन गर्दा कोरोना समुदाय स्तरमा फैलने भन्दै कोरोना रोकथामको लागि अति आवश्यक बाहेकका सम्पुर्ण सेवा बन्द गरिएको प्रशासकिय अधिकृत अर्यालले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ पुष २४ गते शुक्रवार