तुलसीपुर,पुस २३ । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाइ बिहीवार गरेको छ । उपमहानगपालिकाको आयोजना र ग्रामिण महिला उत्थान केन्द्र दाङको सहकार्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा ४ महिनाको अवधिमा गरेका काम र भए गरेका गतिविधिका बारेमा जानकारी दिइएको छ ।
उपमहानगरपालिकाका तथ्याङ्क अधिकृत तथा सूचना अधिकारी बाबुराम न्यौपानेले चालु आर्थिक वर्षमा २ अर्व १२ करोड ७१ लाख २ हजार बिनियोजित बजेट मध्ये प्रथम चौमासिकमा ४३ करोड ४२ लाख ६ हजार रुपंैया खर्च भएको जानकारी दिए ।
आर्थिक वर्ष भरीमा ३० करोड राजश्व सकंलन गर्ने लक्ष्य लिएकोमा पहिलो चौमासिकसम्म ३ करोड १४ लाख २८ हजार ६ सय रुपैंया राजश्व सकंलन भएको उनले बताए ।
यो बीचमा कक्षा ६ देखि १२ सम्मका छात्रालाई स्यानीटरी प्याड वितरण, उपमहानरगरपालिका र चेन्जिङ स्टोरिजद्धारा सिकाइ स्तर कमजोर भएका वालवालिकाको प्रारम्भिक सर्वेका लागि १० वटा विद्यालयमा सर्वेक्षणका कार्य भइरहेको उनले बताए ।
संघीय सरकारवाट प्राप्त वित्तिय अनुदान अन्तर्गत ३ वटा विद्यालयमा भवन निर्माण, ५ वटा विद्यालयमा सौचालय, ४ वटा विद्यलयमा पुस्तकालय र ३ वटा विद्यालयमा विज्ञान प्रयोगशाला र ३ वटा विद्यालमा सूचना प्रविधि जडानको कार्य भइरहेको वढेको उनले जानकारी दिए ।
त्यस्तै घटना दर्ताको कामलाइ डिजीटलाईजेसन गर्न थालिएको उनले बताए । कोभिड १९ वाट संक्रमित व्यक्तिहरुलाई व्यक्तिगत सरसफलाई किट वितरण गरिएको, विपद्वाट प्रभावित २९ घरपारिवारलाई नगद तथा जस्ता पाता प्रदान गरिएको जस्ता कुरापनि उनले प्रस्तुत गरे ।ताइवान सरकारको सहयोगमा भूकम्प सेन्सर र बर्षा नाप्ने यन्त्र जडान गरिएको कुरापनि उनले गरे ।
उनले तुलसीपुरलाई देशकै नमूना स्थानीय सरकारको रुपमा स्थापित गर्ने दुरदृष्टिका साथ अगाडि बढि रहेको तथा स्मार्ट नगरका वनाउने परिकल्पना अनुसार काम भइरहेको दाबी गरे ।
नगरका सबै वडामा सडक यातायातको पहुँच र स्तर उन्नती भइरहेको तथा करिब ८० किलोमिटर सडक कालो पत्रे भएको उनले जानकारी दिए । बजारका २० स्थानमा सिसी टिभी जडान र ५ स्थानमा निशूल्क वाईफाई जडान गरिएको कुरापनि उनले उल्लेख गरे ।
त्यस्तै तरकारी, फलफूल तथा कृषि बजार केन्द्रको निर्माण तथा व्यवस्थापन, आधुनिक बसपार्क, तुलसी टे«ड टावर,नमुना अटो भिलेज निमार्ण गौरबको रुपमा रहेको बताए । । बहुप्राविधिक शिक्षालय (मेट्रो कलेज), सामुदायिक विद्यालयहरुको क्षमता विकास र अनुदान, खरको छानो बिस्तापित नगर वनाउने अभियान अन्तर्गत करिव ८ सय घर खरको छानो मुक्त भइसकेको उनले जानकारी दिए । वाँकी ७ सय ५० घरका लागि आवश्यक प्रक्रिया अगाडि बढेको उनले बताए ।
त्यस्तै मातृशिसु सुरक्षा सुत्केरी भत्ताको व्यवस्था, क्षेत्रगत गुरु योजनाहरु निर्माण, आवधिक योजना तथा दिर्घकालिन योजना तयार हुदै गरेको, टरिगाउँ विमानस्थलको सञ्चालन, अन्तर्राष्ट्रिय स्तरको पाइलट कोर्षको अध्ययनको लागि सम्भावना अध्ययन जस्ता कामहरु भइरहेको जानकारी दिइएको छ ।
त्यस्तै नगरलाई सून्य मोतिया बिन्दु नगरका रुपमा स्थापति गर्ने अभियान चलिरहेको जानकारी दिए । एक वडा एक खेल मैदानको अभियान, बेलझुण्डीमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण, अनलाईन प्रविधि मार्फत कर संकलन तथा नक्सा पास गर्न सकिने व्यवस्था,हरेक वडामा अधिकृतस्तरका वडा प्रमुख, इन्जिनियर, सब इन्जिनियर र अमिन लगायतका कर्मचारीको व्यवस्था गरिएको कुरापनि उनले उल्लेख गर्न छुटाएनन् ।
नगरको शासन व्यवस्थालाई पारदर्षी र उत्तरदायी वनाउन आवश्यक ऐन, कार्यविधि, नियमावली, निर्देशिका, तथा मापदण्डहरु तयार गरिएको उनको भनाई छ । त्यस्तै राप्ती आँखा अस्पताल, राप्ती बबई क्याम्पस, तुलसीपुर ब्लड बैंक, राप्ती प्रादेशिक अस्पताल लगायतको स्तर र सेवा वृद्धिको काम भइरहेको उनले जनाकारी दिए ।
ज्येष्ठ नागरिक सम्मान कार्यक्रम (न्यानो कपडा वितरण, निःशुल्क स्वास्थ्य परिक्षण, अवलोकन भ्रमण ) वडा नम्वर ८ अस्वारामा रहेको भिमसेन स्वास्थ्य केन्द्रबाट एमबिबिएस डाक्ट सहितको चिकित्सक सेवा सुरु, वडा कार्यालयको भवन निर्माण (१, २ र १६ को निर्माण पुरा भएको र १४ र १८ निर्माणाधिन अवस्थामा रहेको बताए ।
शवदाह स्थललाई व्यवस्थित गरिएको (भमके खोला, पातुखोला, राता पहरा, कालाखोला, गहते खोला, बबई नदी, चौवा खोला, सक्राम खोला र गुहारखोलामा सोलार वत्ति जडान) भइसकेको, सडक बत्ति मर्मत तथा विस्तार र स्मार्ट छोरी कार्यक्रम कार्यान्वयनमा लगिएको जानकारी दिइएको छ ।
उनले लुम्बिनी वौद्ध विश्वविद्यालय, सिटीईभिटी, काठमाण्डौं विश्वविद्यालय सँग साझेदारी, स्पेनको विलवाहा नगरसंग भगिनी सम्बन्ध स्थापित हुने क्रममा रहेको कुरापनि गरे ।
कोभिड १९ को महामारीलाई कुशलतापूर्वक व्यवस्थापन, सुकुम्वासी तथा अव्यवस्थित जग्गा व्यवस्थित हुने क्रममा रहेको, नगरको प्रशासनिक तथा श्रोत नक्सा तयार भैसकेको र मेट्रो कलेजको टोपोग्राफिकल नक्सा तयार र छाडा चौपायाहरुको व्यवस्थापन गर्न सफल भएको समेत जानकारी दिए ।
कार्यक्रममा जेष्ठ नागरिक समाजका अध्यक्ष खुमानन्द अधिकारीले यातयातमा जेष्ठ नागरिक ठगिएको गुनासो गरे । समाजसेवी यमप्रसाद सुवेदीले पछिल्लो समय मासु मार्केटहरुबाट कुहिएका रांगा,कुखुरा,बाख्राको मासु बिक्रि भइरहेको भन्दै ध्यानाकर्षण गराए ।
कार्यक्रममा यमनारायण भण्डारी,टोपबहादुर महतरा, ओरेक दाङका सचिव पद्यमा चौधरी, आहा अभियानका संयोजक दिपक काफ्ले लगाएतले उपमहानगरपालिकाले थप सेवा र कार्य सम्पदानलाई प्रभावकारी बनाउनु पर्नेमा सुझाब दिए ।
आबस्यकतामा आधारित विकास, सेवा प्रबाहमा चुस्तता र विकास निमार्णमा गुणस्तरीयता बिषेश ध्यान दिन सहभागिहरुले सुझाब दिएका हुन् । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे नगरको चौतर्फि विकाशमा नागरिकवाट प्राप्त हुने सुझावलाई आत्मसाथ गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
उपप्रमुख माया शर्माले तुलसीपुरवासीलाई प्रदान गरिने सेवालाई सहज र छिटो बनाउन आफुहरु लागि परेको बताइन । सो अवसरमा ग्रामिण महिला उत्थान केन्द्रका रजनी श्रेष्ठले नागरिक प्रतिवेदन पत्र प्रस्तुत गरेकी थिइन ।
प्रमुख प्रशासकीय अधिकृत भाष्करराज गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण ग्रामिण महिला उत्थान केन्द्रका नविन चौधरीले गरेका हुन ।