२०८२ साउन १ गते बिहिवार

प्रतिनिधि सभा विघटनकाे विराेधमा अनेरास्ववियुकाे लालटिन जुलुस

काठमाण्डौ,पुस २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको विद्यार्थी सङ्गठन अनेरास्ववियुले बुधबार दिउँसै लालटिन जुलुस निकालेर विरोध प्रदर्शन गरेको छ ।

प्रचण्ड–नेपाल पक्षधर अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले बुधबार लालटिन जुलुस गरि सरकारले प्रतिनिधि सभा विघटन गरेको कदमप्रति विरोध जनाएको हो ।

माइतीघर मण्डलाबाट विद्यार्थीहरूले बानेश्वरसम्म दिउँसै लालटिन बालेर जुलुस प्रदर्शन गरेका हुन् ।

प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियुका सह–संयोजक रञ्जित तामाङले नेपालको संविधानमा प्रतिनिधि सभा विघटनको कुनै पनि धारा नभएको बताउनुभयो । प्रधानमन्त्रीलाई गल्तीको प्रायश्चित गर्ने र सच्याउने अवसर अझै भएको भन्दै कानुन सम्मत्, संविधान सम्मत् निर्णय सच्याउन उनले माग गरे ।

प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म अनेरास्ववियुले विरोधका विभिन्न कार्यक्रम गरिरहने सह–संयोजक तामाङले बताए ।

विद्यार्थीरूले ‘दिउँसै लालटिन बाल्दा पनि भेटिएन है, संविधानमा संसद् विघटनको धारा खै’ भन्ने ब्यानर लिएर प्रदर्शन गरेका थिए । विद्यार्थीहरूले ‘संसद् विघटनको धारा खै, दिउँसै लाल्टिन बाल्यौँ हैँ’, ‘हामी अरू जान्दैनौँ, संसद् विघटन मान्दैनौँ’ लगायतका नारा लगाएका थिए ।

 

प्रकाशित मिति : २०७७ पुष २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *