२०८१ असोज ४ गते शुक्रवार

शिखर कोलनी टोलमा स्वास्थ्य शिविर

तुलसीपुर, पुस २१ । शिखर कोलनी टोल विकास संस्थाको कार्यालय उद्घाटन गरिएको छ । स्व।सबिन श्रेष्ठको बार्षिक पुन्य तिथिको अवसरमा कार्यालय उद्घाटन गरिएको हो ।

त्यसअवसरमा स्वास्थ्य शिबिर सञ्चालन गरि थाईराइड, सुगर तथा हर्मोन रोग बारे चेक जाँच तथा परिक्षण गरिएको थियो ।

शिविरमा सुगर तथा किड्नीको निशुल्क परिक्षण, थाइराइड ९हाइप्रो थाईराइड० को निशुल्क औषधी वितरण, मधुमेह सम्वन्धि अन्य जाँच र डाइबेटिज प्याकेजमा बिशेष छुट, थाईराइडको जाँच जम्मा ५ सयमा र होलबडी चेकअपको २ हजारमा गरिएको थियो ।

शिखर कोलनी टोल विकाश संस्थाको आयोजना र चिनारी हस्पिटल प्रालिको प्राविधिक सहयोगमा निशुल्क विशेष सेवा तथा स्वास्थ्य परिक्षण टोलमै गरिएको हो ।
शिविरमा टोलका ९५ जना सर्वसाधारणले चेक जाँच गरेको शिखर कोलनी टोल विकाश संस्थाका कोषाध्यक्ष लिलामणि चौधरीले जानकारी दिए ।

शिखर कोलनी टोल विकाश संस्थाका अध्यक्ष शिव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका वार्डा न ६ का वडाध्यक्ष नवराज लामिछाने थिए।
कार्यक्रमलाई सम्वोधन गर्दै यस्ता समाजसेवी कार्यक्रमहरु हरेक टोल–टोलमा सञ्चालन भए सर्वसाधारणले लाभ लिन बताए ।

कार्यक्रममा टोलका हरिबहादुर भन्डारी, अर्जुन भन्डारीले शिखर टोल विकाश संस्थाले आफ्नै कार्यालय निर्माण गरेर नियमित टोलको समस्या र विकाशका बारेमा छलफल गर्ने गरेको बताए ।

टोल विकाश संस्थाकी उपाध्यक्ष प्रमिला तिवारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा चिनारी हस्पिटलका डाइरेक्टर रबिन श्रेष्ठले निरोगी मानिसले पनि आफ्नो स्वास्थ्य अवस्था बारे जानकारी पाउनका लागि हरेक बर्षमा एक पटक अनिवार्य स्वास्थ्य चेकजाँच गराउनु जरुरी रहेको बताए ।

कार्यक्रममा धन्यवाद मन्तब्य टोलकी सहसचिव निर्मल भट्टराईले राखेकी थिइन भने कार्यक्रमको सहजिकरण सचिव खेमराज विकले गरेका थिए ।

प्रकाशित मिति : २०७७ पुष २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *