घोराही, पुस २१ । दाङको घोराहीमा रहेको सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लमिटेडको छैठौं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेसन मंगलवारदेखि घोराहीमा शुरु भएको छ ।
बार्षिक साधारण सभा गने संस्थाका अध्यक्ष ध्रुवराज पौडेलले जानकारी दिए ।
संस्थाले कोभिड १९ को प्रभाबलाई ध्यानमा राख्दै यस वर्ष फरक तरिकाले साधारणसभा र अधिबेशन गर्ने कार्यतालिका बनाएको छ ।
जसमा शुक्रवारसम्म सेयर सदस्यहरुबाट सुझाव संकलन र संशोधन प्रस्ताव पेश गर्ने,प्रत्यक्ष उपस्थित भएर संस्थाको माइन्यूटमा हस्ताक्षर गर्ने र प्राप्त सुझावका आधारमा पुस २५ गते वार्षिक साधारणसभा तथा अधिबेशन गर्ने रहेका छन् ।
२०७१ सालमा स्थापना भएको सर्वोत्तम बहुउद्देश्यीय सहकारीलाई २०७४ सालदेखि नयाँ ब्यवस्थापनका साथ सञ्चालन गरिएको छ ।
आफ्ना शेयर सदस्यहरुलाई सहकारी बजारका बारेमा बिस्तृत जानकारी सहित अवलोकन गराउनका लागि मंगलवारदेखि चार दिने पहिलो चरणको कार्यक्रम सहकारी बजार परिसरमा शुरु गरेको छ ।