२०८१ भाद्र २५ गते मङ्गलवार

निर्वाचनमा जानु भनेको कसरी तानाशाही कदम हो ? मुख्यमन्त्री पोखरेल

तस्विर : राजेश खत्री

तुलसीपुर, पुस १७ । लुम्बिनी प्रदशेका मुख्य मन्त्री शंकर पोखरेलले प्रतिनिधि सभा विघटन गरि ताजा जनादेशका लागि निर्वाचनमा जाने कुरालाई तानाशाही कदम भन्न नमिल्ने बताएका छन् । शुक्रवार दाङको तुलसीपुरमा आयोजित ओली समुहको जिल्ला स्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै लुम्बिनी प्रदेशका नेकपा इञ्चार्ज समेत रहेका मुख्य मन्त्री पोखरेलले निर्वाचनमा जाउँ र जनमत बुझौं भन्ने तानाशाही नभएर निर्वाचनमा नजाउँ भन्नेहरु तानाशाही भएको दाबी गरे ।

उनले ओली जस्तो लोकतान्त्रिक र उदारबादी नेता अरु कोही नभएको जिकिरपनि गरे । मुख्य मन्त्री पोखरेलले हालसम्म राजा महेन्द्रले गरेको बिकाश नै नेपालमा चर्चा हुने गरेको भन्दै त्यसको भन्दा चार गुणा बढी विकाश केपी ओलीले गरेको दाबी गरे । महेन्द्र राजाले एउटा मात्रै राजमार्ग बनाएको र अहिले प्रधानमन्त्री ओलीले चारवटा त्यस्ता राजमार्ग निर्माण गरेको उनले दाबी गरे । तरपनि आफ्नै पार्टीका दोस्रो अध्यक्षले ओलीले केही काम नगरेको भनेर भन्न नछोडेको उनले बताए । त्यो भन्नुको पछाडि प्रचण्ड आफु प्रधानमन्त्री बन्ने लालशा भएको उनको तर्क थियो ।

पोखरेलले प्रधानमन्त्री ओलीले पार्टी एकताको रक्षाको प्रतिनिधिसभा बिघठन गरेर चुनावमा जाने घोषणा गरेको जिकिर गरे । मुख्य मन्त्री पोखरेलले ४० प्रतिसत भए पार्टी फूटाउन पाइने प्राबधान रहेको हुँदा पार्टी पार्टी रक्षाको लागि प्रधानमन्त्री ओलीले चुनावमा जाने निर्णय गरेको तर्क गरे । ‘अब कसैको ४० प्रतिसत पुग्दैन र पार्टी फूटाउने तागत कसैसंग छैन,’ उनले भने ।

उनले प्रथम अध्यक्षका विरुद्धमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले तयार गरेको अभियोग पत्र नै अहिलेको संकटको मुख्य कारण भएको बताए । जसका केपी ओलीलाई कम्युनिष्ट समेत होइन, गणतन्त्रबादी होइन भन्ने जस्ता लाल्छना लगाइएको उनले बताए । मुख्य मन्त्री पोखरेलले हालसम्म राजा महेन्द्रले गरेको बिकाश नै नेपालमा चर्चा हुने गरेको भन्दै त्यसको भन्दा चार गुणा बढी विकाश केपी ओलीले गरेको उनले दाबी गरे ।

महेन्द्र राजाले एउटा मात्रै राजमार्ग बनाएको र अहिले प्रधानमन्त्री ओलीले चारवटा त्यस्ता राजमार्ग निर्माण गरेको उनले दाबी गरे । नेकपा दाङका जिल्ला पार्टी कार्यालय सदस्य हुकुमबहादुर बस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई निर्वतमान प्रतिनिनिसभा सदस्य शान्ता चौधरी, केन्द्रीय सदस्यहरु घनश्याम पाण्डे, छविलाल वली, गिरिराज केसी, मिलन चौधरी लगाएतले सम्वोधन गरेका थिए । देबराज विकको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण युवा नेता मनोहर बुढाथोकीले गरेका थिए ।

प्रकाशित मिति : २०७७ पुष १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *