२०८२ असार ३१ गते बुधवार

शिक्षा मन्त्रालयको विषयगत समितिमा नगरप्रमुख पाण्डे

तुलसीपुर, पुस १६ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत विषयगत समितिमा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेलाई मनोनयन गरिएको छ ।

मन्त्रीपरिषद्को बैठकले उनलाई विषयगत समितिको सदस्यमा मनोनित गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ अध्यक्ष रहेको समितिमा सातै प्रदेशका सामाजिक विकास मन्त्री र स्थानीय तहबाट एक जना सदस्य रहने व्यवस्था रहेको छ ।

संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन २०७७ बमोजिम मन्त्रालयसंग सम्वन्धित विषयको कार्यान्वयनका लागि यस्तो समिति वनाउने प्रावधान रहेको छ ।

नगरप्रमुख पाण्डे नेपाल नगरपालिका संघको केन्द्रीय कोषाध्यक्ष समेत हुन् ।

उनलाई हालसालै नेकपा केपी समुहले केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।

प्रकाशित मिति : २०७७ पुष १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *