२०८१ भाद्र २६ गते बुधवार

बाँकेमा ३ कोरोना संक्रमितको मृत्यु

दाङ, पुस १५ । कोरोनाबाट बाँकेमा २४ घन्टा नबित्दै तीन जनाको मृत्यु भएको छ ।

मृतक मध्य बाँकेका दुई र बर्दियाका एक जना रहेका छन् ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० का ६६ बर्षीय पुरुष, कोहलपुर नगरपालिका वडा नम्बर २ का ७३ बर्षीय पुरुष र बर्दिया जिल्लाको ठाकुरबाबा ९ की ८५ बर्षीया महिलाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको छ ।

दुई जनाको मंगलवार राति र एक जना ६६ बर्षीय पुरुषको बुधवार बिहान सवा ६ बजेतिर मृत्यु भएको फोकल पर्सन वलीले जानकारी दिए ।

योसंगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २२ पुगेको छ ।

त्यसमा बाँकेका ४५ र बाहिरी जिल्लाबाट उपचारका लागि लगिएका ७७ जना रहेको फोकल पर्सन वलीले जानकारी दिए ।

 

प्रकाशित मिति : २०७७ पुष १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *