२०८१ बैशाख ७ गते शुक्रवार

औषधी गर्न जाँदै गरेका आमा–छोरा र दिदीको दुर्घटनामा परि मृत्यु

दाङ, असोज २० । औषधी गर्न भनि दाङ बाट बाँके तर्फ जाँदै गरेका आमा–छोरा र दिदीको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । शनिवार विहान पौने ९ बजेतिर राप्ती सोनारी गाउँपालिका वडा नं. ९ स्थित मुगुवा खोला नजिकै ट्रकले हायसलाई ठक्कर दिदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा परि शान्तिनगर गाउँपालिका वडा नं. ७ कुमलगडी निवासी ५१ बर्षीया आमा मुना रावत, उनका २७ बर्षीय छोरा तुलसीराम रावत र ३२ बर्षीया दिदी दोर्णा बुढाथोकीको मृत्यु भएको स्थानीय खुमानन्द पौडेलले जानकारी दिए । बुढाथोकी तुलसीराम रावतको काकाको छोरी हुन । बुढाथोकीको विहे सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं. ५ मा भएको थियो भने पछिल्लो समय उनीहरु पनि तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ दोघरेमा घर निर्माण गरि बस्दै आएका थिए ।

दुर्घटनामा परि दोर्णा बुढाथोकीका श्रीमान ३३ बर्षीय प्रेमबहादुर बुढाथोकी पनि घाइते भएका छन् । तुलसीराम रावत आफ्नी आमा र सासु आमा ४६ बर्षीया धनी डाँगीको उपचारको लागि कोहलपुर तर्फ जाँदै थिए भने उनका दिदी भिनाजु दोर्णा र प्रेमबहादुर बुढाथोकी (माइटी इष्ट) सल्लाह गरि कोहलपुर जाँदै गर्दा दुर्घटनामा परेका थिए ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत शनिवार बिहान झन्डै पौने ९ बजेतिर तीव्र गतिको ट्रक र यात्रु बाहक हायस आपसमा ठक्किदा ६ जनाको मृत्यु भएको छ भने थप १८ जना घाइते भएको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ । प्रदेश प्रहरी प्रमुख एवं डिआईजी शेरबहादुर बस्नेतका अनुसार उक्त दुर्घटनामा परि हायसका चालक दाङको तुलसीपुर उपहानगरपालिका वडा नं. ७ निवासी ३३ बर्षीय सुगने चौधरी, तुलसीपुर वडा नं. ५ निवासी ५० बर्षीया नारायणी श्रीस मगर र तुलसीपुर ८ दोघरे निवासी २७ बर्षीया वशन्ती चौधरीको मृत्यु भएको छ । प्रदेश प्रहरी प्रमु्ख डिआईजी बस्नेतले दुर्घटनाका १८ घाइते मध्य अधिकाँस दाङको तुलसीपुर निवासी रहेका जानकारी दिए ।

दाङको तुलसीपुर बाट बाँके तर्फ जाँदै गरेको रा १ ख १६६२ नम्वरको यात्रु बहाक हायस र बाँके बाट पूर्व तर्फ आउँदै गरेको ले १ ख ७७२९ नम्वरको ट्रक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको थियो । बसलाई उछिन्ने क्रममा उक्त दुर्घटना भएको दुर्घटनाका घाइतेहरुले बताएका छन् । ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस :

बाँके दुर्घटना : चालकसहित ६ जनाको मृत्यु

प्रकाशित मिति : २०७५ असोज २० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *