काठमाडौं, पुस १० । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार बेलुका ६ बजेका लागि मन्त्रिपरिषद बैठक डाकेका छन् ।
प्रतिनिधि सभा विघटन भएपछि पहिलो पटक प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक डाकेका हुन ।
प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल हेरफेर गर्न सक्ने अनुमानहरु गरिएका छन् ।
सत्तारूढ नेकपा दुई समूहमा विभाजित भएपछि खाली भएका मन्त्रालयमा ओलीले आफूसँग आएका केही नेतालाई मन्त्री बनाउन सक्ने अनुमान गरिएको छ ।
प्रचण्ड–नेपाल समुहका सात जना मन्त्रीले प्रतिनिधि सभा विघटनको विरोधमा सामुहिक राजीनामा दिइसकेका छन् ।
तीनै खाली रहेका मन्त्रालयमा ओली समुहका नयाँ मानिसहरुलाई मन्त्री बनाउन कसरत भइरहेको स्रोतले बताएको छ ।
गत आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो। त्यसयता मन्त्रिपरिषदको बैठक बसेको छैन ।