तुलसीपुर, पुस १० । तुलसीपुर कारागारमा रहेका २७ जना कैदी बन्दी महिला र ३ जना आस्रित बालबालिकालाई कपडा बितरण गरिएको छ ।
्
क्रिष्मसडेको अवसरमा पास्टर टोपबहादुर महतरा र उनकी पत्नि गीता महतरा दम्पत्तिले कारागार शाखा तुलसीपुरका महिला कैदी बन्दीलाई सुरुवाल कुर्ता र ३ जना बालबालिकालाई न्यानो कपडा बितरण गरेका हुन ।
कैदीबन्दी मीना घुरालीले कपडा पाउँदा खुशी व्यक्त गरिन ।
यसअघि पनि बिभिन्न चाँडपर्वको अवसरमा कारागारका कैदी बन्दीलाई न्यानो कपडा र खाना लगायतका कोशेली महतरा दम्पत्तिले सहयोग गर्दै आएको छ ।
सो अवसरमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिब सुशील बस्नेतले कैदी बन्दीहरुका लागि सुधार केन्द्रको रुपमा कारागारको बिकास गर्नुपर्ने बताए ।
कैदीबन्दीलाई कैद भुक्ततान गरि सुकेपछि घर, परिवार र समुदायमा पुर्नंस्थापना गराउन नागरिक समाज र राज्यको हुने उनले बताए ।
कारगार शाखा तुलसीपुरका निमित्त जेलर जोखिम ओलीले चाडपर्वको अवसरमा कैदी बन्दीले पनि रमाईलोका साथ पर्व मनाउने ब्यबस्था मिलाउदै आइएको जानकारी दिए ।
यस्ता क्रियाकलापले ब्यबहार र आचारण परिर्वतनमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।
कारागार सुरक्षामा खटिएका नेपाली सेनाका क्याप्टेन दीपक बढाथोकीले युवाहरुका लागि जिम ९शाररिक सुगठन० खानाको ब्यबस्था गरिएको जानकारी दिए । अहिले ३६ जना युवाहरुले दैनिक ब्याम गरिरहेको उनले बताए ।
कारागार शाखा तुलसीपुरमा हाल ३ आस्रित बालबालिकासहित ४ सय ७१ जना कैदी बन्दी रहेका छन् ।
यसैबीच क्रिष्मसडेको अवसरमा कारागार भित्रै केकपनि काटिएको थियो ।