काठमाडौं,पुस ९ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग चिनियाँ राजदूत होउ यान्छीले भेटेकी छन् ।
नेकपाभित्र विवाद चर्किरहरेको बेला चिनियाँ दाजदूत यान्छीले खुमलटार पुगेर दाहालसँग भेटेकी हुन् ।
दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार दाहाल र यान्छीबीच बिहान ९ बजेदेखि आधा घन्टा छलफल भएको थियो ।
सापकोटाले उनीहरुबीच सामान्य छलफल मात्रै भएको दाबी गरे ।
प्रतिनिधि सभा विघटनपछि यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटेकी थिइन ।
प्रकाशित मिति : २०७७ पुष ९ गते बिहिवार