काठमाडौं, पुस ८ । पार्टीको प्रचण्ड–नेपाल समूहले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेता चुनेको छ।
प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गरेपछि सर्वसम्मत रूपमा प्रचण्डलाई दलको नेता चयन गरिएको हो ।
यसअघि नेकपा संसदीय दलको नेता ओली थिए। बैठकले ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गर्दै प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको हो ।
प्रचण्डलाई संसदीय दलको नेता बनाउन अध्यक्ष माधवकुमार नेपालले प्रस्ताव गरेका थिए।
बैठकमा सहभागि ९० बढी सांसदले एक मतले त्यो पारित गरेको एक नेताले बताए ।
पुस ५ गते विघटन गरिएको प्रतिनिधि सभामा नेकपा सांसदको संख्या १७४ रहेको थियो ।
यअसघि मंगलवारकै बैठकले प्रचण्डलाई कारवाही गर्दै नेपाललाई अध्यक्ष चयन गरेको थियो ।
नेकपाको विधानमा दूई जना अध्यक्ष रहने व्यवस्था छ । प्रचण्ड र नेपाल समान हैसियतका अध्यक्ष बनेका छन् ।