२०८१ माघ २६ गते शनिवार

यौनधन्दामा संलग्न १८ जनाविरुद्ध मुद्दा

साँखु, काठमाडौँ,  मङ्सिर २४। काठमाडौँको बौद्ध क्षेत्रका विभिन्न स्थानमा यौन व्यवसाय गर्ने १८ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ ।

प्रहरीले यौनधन्दामा संलग्न रहेको आशङ्कामा तीन होटल सञ्चालकसहित १८ जनाविरुद्ध मुद्दा चलाएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । होटलमा यौन व्यवसाय चलाएको आशङ्कामा नारायणटारकी होटल सञ्चालन ३० वर्षीया अञ्जली तामाङ, २८ वर्षीय चन्द्रबहादुर गोले र जम्मुडाँडाबाट २७ वर्षीया अस्मिता थापामगरसहित १४ महिला र चार पुरुषविरुद्ध मुद्दा चलाइएको हो ।

मङ्सिर २२ गते पक्राउ परेका २७ जनाको बारेमा अनुसन्धान गरेपछि १८ जनाविरुद्ध मुद्दा चलाइएको हो । बौद्ध क्षेत्रको नयाँ बस्ती, जम्बुडाँडा र नारायणटारमा सञ्चालित होटल रेष्टुरेण्टको गतिविधिको अनुसन्धानका साथै छापा मारेर नियन्त्रणमा लिइएपछि आइतबार मुद्दा दर्ता गरेको चन्दले बताए । प्रहरीको छापापछि बौद्ध, जोरपाटी, नारायणटार, नयाँ बस्ती र जम्बुडाँडाका होटल तथा रेष्टुरेण्टमा अवैध यौनजन्य गतिविधि हुने गरेको फेला परेको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *