काठमाडौं, पुस ५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राईलाई सिफारिस गरिएको छ ।
गत मंसिर ३० गतेको संवैधानिक परिषद्को बैठकले राईको नाम सिफारिस गरेको स्रोतले बताएको छ ।
सरकारले मंसिर २९ गते संवैधानिक परिषद् सम्बन्धि अध्यादेश जारी गरेको थियो। लगत्तै ३० गतेको बैठकले सिफारिसको निर्णय लिएको हो।
राईले एक वर्षअघि सचिवबाट अवकाश पाएका थिए।
अख्तियारमा सिफारिस भएका राई प्रधानमन्त्री केपी ओलीनिकट मानिन्छन् ।
निर्वाचन आयुक्तमा भण्डारी र तुलाधर सिफारिस
सरकारले निर्वाचन आयोगमा रिक्त रहेको आयुक्तमा वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी र डाक्टर जानकी तुलाधरलाई नियुक्तका लागि सिफारिस गरेको छ।
मंसिर ३० गते बसेको संवैधानिक परिषद बैठकले रिक्त रहेको पदमा भण्डारी र तुलाधरलाई नियुक्तका लागि सिफारिस गरेको हो।
राष्ट्रिय मानव अधिकार आयोगमा मगर सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षमा तपबहादुर मगरलाई सिफारिस गरिएको छ ।
मंसिर ३० गते बसेको संवैधानिक परिषद बैठकले अध्यक्षमा मगर र सदस्यमा मनोज दवाडी, डाक्टर सूर्य ढुङ्गेल, लिली बस्नेत थापा र मिन ठाकुरलाई सिफारिस गरेको जानकारी दिइएको छ ।