काठमाडौं, पुस १ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैटकले अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
त्यस्तै बैठकले संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन प्रक्रिया अगाडि नबढाउने र संवैधानिक नियुक्तिहरु सहमतिको आधारमा नियुक्त गर्ने निर्णय गरेको श्रेष्ठले बताए ।
बैठकले स्थायी समिति बैठक पुस ५ गते र केन्द्रीय समितिको बैठक १० गते बस्ने निर्णय गगरेको छ ।
प्रकाशित मिति : २०७७ पुष १ गते बुधवार