२०८१ भाद्र २३ गते आइतवार

ललिता निवास जग्गा प्रकरण – अख्तियाका पूर्व आयुक्त बस्न्यातलाई थुनामा राख्न आदेश


काठमाडौं, मंसिर २८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातलाई थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ। वालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको अभियोगमा बस्न्यातलाई थुनामा पठाउने आदेश विशेष अदालतले दिएको हो ।

आइतवार बस्न्यातसंग अदालतले ४ घन्टा बयान लिएको थियो । त्यसपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो । न्यायाधीशहरु प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई थुनामा पठाउने आदेश जारी गरेको हो । तर, यो आदेशमा विरुद्ध बस्न्यात सर्वौच्च अदालतमा निवेदन दिन पाउने सुविधा भने कायमै छ ।

बस्न्यात भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललिता निवसास्थित सरकारी जग्गा व्यक्तिहरूको नाममा सार्न भूमिका खेलेको अभियोग लागेको थियो । न्यूनतम सरकारी मूल्यांकन अनुसार अख्तियारले बस्न्यातका कारण नेपाल सरकारलाई तत्कालिन समयको ९ करोड ६५ लाख ७६ हजार नोक्सान भएको निष्कर्ष निकालेको थियो।

सोही रकमलाई बिगो कायम गरी अख्तियारले त्यति नै जरीवाना र ८ देखि १० वर्षसम्मको कैद सजाय माग गरिएको छ । त्यसका अलवा नियतवस गलत लिखत तयार पारेको भन्दै उनलाई ३ महिनादेखि १ वर्षसम्मको थप सजाय र १० हजारदेखि ५० हजार रूपैयाँसम्म जरिवाना पनि माग गरेको छ।

थुनछेक बहसपछि अदालतले यो मुद्दाको अन्तिम टुङ्गो लागुन्जेल बस्न्यातलाई थुनामा राख्ने, धरौटीमा वा तारेखमा छाड्ने भन्नेबारे निर्णय गर्ने छ ।

ललिता निवास प्रकरणमा मुद्दा चलाइएकामध्ये अहिलेसम्म अदालतमा बयान दिएका कसैलाई पनि पुर्पक्षका लागि थुनामा पठाइएको छैन।

प्रकाशित मिति : २०७७ मङ्सिर २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *