२०८१ भाद्र २६ गते बुधवार

सर्लाहीबाट काठमाडौं पुगेर उखु किसानले गरे पर्दशन

काठमाडौं, मंसिर २८ । तराईबाट काठमाडौं गएर उखु किसानले पर्दशन गरेका छन् ।

सम्झौंता अनुसार चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम नपाएपछि सर्लाहीबाट काठमाडौं गएर उखु किसानले आइतवार शान्तिपूर्ण रुपमा पर्दशन गरेका हुन ।

उखु किसान संघर्ष समिति सर्लाहीको आयोजनामा माइतीघर मण्डलामा उनीहरुले बिभिन्न खाले प्लेकार्ड बोकेर पर्दशन गरेका हुन ।

पर्दशनमा सहभागिहरुले – ‘सानो छ खेत सानो छ बारी सानै छ जहान, सानो छ देश ठूलो छ सरकार अटेन किसान, किसान मार्न पाइदैन, सरकार किसानलाई बाँच्न देउ, हाम्रो मेहनतको फल नखोस, आफ्नो पसिनाको फल नखोस, श्रम पसिनाको मूल्य पाउ, पेट छ खाली, परिवार भोकले हाहाकार, घर छ टाढा छैन भाडा, हामी किसानको दुःख बुझिदेउ सरकार,’ भन्ने प्लेकार्ड बोकेको थिए ।

गत बर्ष पुस १८ गते नेपाल सरकारसँग भएको सम्झौता भएपनि त्यो लागु नहुँदा किसान मर्कामा परेका छन् ।

गत वर्ष उखु किसानले आन्लोलनलाई निरन्तरता दिएपछि सरकारले वार्ता गरेर किसानको खातामै रकम भुक्तानी गराइदिने आश्वासन दिएपछि आन्दोलन रोकिएको थियो ।

सरकारले तोकेको समयसीको एक वर्ष नाघिसक्दा पनि उखु किसानले अहिलेसम्म पैसा नपाएपछि आफुहरु फेरि आन्दालन गर्न बाध्य भएको उखु किसान संघर्ष समिति अध्यक्ष राम स्वायत रायले बताए ।

आन्दोलनमा संघर्ष समितिका सचिव हरिश्याम रायसहित २५ जना उखु किसान काठमाडौं पुगेर पर्दशन गरेका हुन ।

उखु किसानलाई श्रीराम, अन्नपूर्ण र ईन्दिरा मिलले करोडौं पैंशा दिन बाँकी छ ।

सबैभन्दा बढी श्रीराम चिनी उद्योगले ३२ करोड, अन्नपूर्णले १७ करोड, लुम्बिनीले ८ करोड ४१ लाख र इन्दिराले ४ करोड ७० लाख किसानलाई तिर्नुपर्ने छ ।

उखुको बक्यौता रकम नपाएको भन्दै गत पुसमा उखु किसानले काठमाडौं माइतिघरमा आन्दोलन गरेका थिए। केही साताको आन्दोलन पछि मन्त्रालयले माघभित्र पैसा चुक्ता गर्न लगाउँछौं भनेपछि आन्दोलन रोकिएको थियो।

 

प्रकाशित मिति : २०७७ मङ्सिर २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *