२०८१ भाद्र २३ गते आइतवार

नेकपाको स्थायी कमिटी बैठक पुस १ गते बस्ने

काठमाडौं, मंसिर २८ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को स्थायी कमिटी बैठक पुस १ गतेसम्मका लागि स्थगित भएको छ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको हो।

नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधन प्रति शोक प्रस्ताब पारित गर्दे बैठक स्थगित भएको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अर्कौ बैठक पुस १ गते १ बजेका लागि डाकिएको जानकारी दिए ।

पूर्व राजदूत एवं पूर्व सांसद लामाको गएको मंसिर २४ गते राति कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

नेकपामा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० का बीचमा तीव्र मनमुटाव भइरहेको छ ।

जसले गर्दा सचिवालय बैठक समेत सहज रुपमा सञ्चालन हुन सकिरहेको छैन । ओली र प्रचण्डका बीचमा आरोप प्रत्यारोप चल्दै आएको छ ।

 

प्रकाशित मिति : २०७७ मङ्सिर २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *