२०८१ भाद्र २६ गते बुधवार

उड म्यूजिमयममा मृगदेखि बाख्रा सम्मका आकृति

खेमराज रिजाल

तस्विर – तिर्थराज ज्ञवाली ।

देउखुरी, मंसिर २८ । दाङ देउखुरीको कुलपानी सामुदायिक वनले एउटा अभियान ल्याएको छ , काष्ठकला संग्रहालय र ग्रिन पार्क ।

त्यसै अनुरुप त्यँहा लडिया, ढिकी, खुर्पेटा, तोरी पेल्ने कोल, लगायत सवै काष्ठजन्य सामाग्रिहरुबाट निर्मित सामाग्रिहरु प्रदर्शनमा राखिएको छ ।

किनकि त्यो एउटा काष्टकला संग्रहालय हो । कुलपानी सामुदायिक वनका अध्यक्ष नवराज शर्माले यसलाइ सहयोग गर्न प्रदेश सरकार, संघीय सरकार, स्थानीय वन समुदाय,सामुदायिक वन महासंघलाई समेत सामुहिक रुपमा आग्रह गरेका छन् ।

बोटिङको व्यवस्थापन भइसकेको छ । जरायोका काष्ठकलाका आकृति छन् । मृगका चित्रहरु छन् । बाख्रा चरिरहेका आकृति निर्माण गरिएका छन् ।

ती सबै स्थानीय विश्वकर्माले बनाएका कलाकृतिहरु हुन । विद्युत सेवा समेत पुगिसकेको अवस्थामा त्यहां विद्युतिय पानीका फोहरा देखिने दृष्य पनि छ ।

यसले कुलपानी सामुदायिक वनले गरेको वनजन्य उद्यम र संस्कृतिलाई उजागर गरेको छ । काष्ठ संग्रहालय मार्फत सो सामुदायिक वनले सवैको ध्यानाकर्षण गर्न चाहेको छ ।


तस्विर – तिर्थराज ज्ञवाली ।

यसअघि सुरु भएको एक दर्जन भन्दा बढी वन समुहको साझेदारीमा चलेको काष्ठ उद्योगलाई यहाँको वन कार्यालयले विभिन्न वाहनामा उद्योगका रुपमा चल्न दिएन ।

घरेलु कार्यालयलाई अनुरोध गरेपनि उद्योगका रुपमा चल्न स्वीकृति दिएन । त्यसैले यहाँका वन समुहको उदेश्यमा अझैपनि धक्का लागिरहेको छ । किनकि राज्यका सवै स्थानीय पालिकाले वन ऐन र वन नीति बनाउन सकेका छैनन् । तुलसीपुर उृपमहानगरपालिकाले भने वन ऐन बनाइसकेको छ ।

सामाजिक अभियानमा लाग्दालाग्दै पनि कुलपानी सामुदायिक वनमा धेरै अवरोध भए । तैपनि पछिल्लो समयमा काष्ठ कला म्यूजिएमको उद्घाटन भएको छ ।

त्यसमा वन महासंघको सहयोग पनि मिसिएको छ । वन महासंघका केन्द्रीय सचिव ठाकुर भण्डारीले तीन लाख रुपंैया सहयोग गरे । ‘हामी वन उद्यम र वन पर्यटनको संभावनामा सहयोग गर्न आतुर छौं । त्यसैले पनि वनबाट आयआर्जन गर्ने उपभोक्ताहरुलाई काम गर्न आग्रह गर्दछु’, सचिव ठाकुरले भने ।

यो सवालमा सन्दर्भमा अभिमुखिकरण पनि भएको छ ।

कुलपानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तथा प्रदेश सभा सदस्य अमर डाँगीले सामुदायिक वनले वन जोगाएकाले वनको उपभोगगर्न पनि वन जोगाउनेहरुलाई दिनुपर्ने तर्क गरे ।

त्यसका लागि समुहगत रुपमा सवै वन समुहले उद्यमीको कार्यक्रम ल्याएमा आफुहरुले सहयोग गर्ने प्रतिवद्धता पनि जनाए । ‘विग टक नो वर्क, अहिलेको सरकारले गरीरहेको मैले देखेको छु,’ उनले भने ‘त्यसमा तपाईहरु कत्तिपनि विचलित नहुनुहोला ।’

उद्यमशिलताको विषयमा प्रदेशका सवै सभाषदहरुले सामुहिक वल र दायित्व वन उद्यममा प्रयोग गर्ने उनले विश्वास दिलाए ।

तस्विर – तिर्थराज ज्ञवाली ।

कार्यक्रममा बिशिष्ठ अतिथि एवं प्रदेश सभासदस्य अर्जुन श्रेष्ठले वन पैदावारको उपयोग र संरक्षण संरक्षणको दायित्व पनि उनीहरुकै भएको बताए ।

‘जसले वन जोगाएको छ त्यसैले उपयोग र सदुपयोग गर्न पाउनुपर्छ,’ श्रेष्ठले भने ‘तर,अहिले राज्यले वन संरक्षणकर्तालाई अधिकार विमुख बनाउनु दुर्भाग्य हो ।’

अर्का प्रदेश सभासदस्य इन्द्रजित चौधरीले देउखुरी क्षेत्रलाई पर्यापर्यटकीय क्षेत्र बनाउन आफुहरु आतुर रहेको बताए । प्रदेश पर्यटन मन्त्रालयले आफ्नो क्षेत्रमा पठाएको बजेट पनि यही संग्रहालयमा उपयोग गर्नेगरी आफुले पहल गर्ने पनि उनले प्रतिवद्धता जनाए ।

कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले अहिले कोरोना संग लड्नु परेको हुँदा बजेट नभएपनि अर्को बर्ष आवस्यक प्रोटोकल लिएर आए सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे ।

त्यस्तै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले वन उद्यमलाई आफुले सहयोग गर्ने वचन दिए । स्थानीय उपभोक्ताको आयआर्जन र पर्यापर्यटनको समृद्धिका लागि आफुले कार्यपालिकाबाट बजेट विनियोजन गर्ने आशवासन दिए ।

त्यस क्रममा वन समुहले आयआर्जनका लागि तयार गरेका काष्ठजन्य उद्योग र माटोका भाँडा बनाउने उद्योगको समेत स्थलगत अनुगमन गरिएको थियो ।

 

 

प्रकाशित मिति : २०७७ मङ्सिर २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *