२०८१ असोज ३ गते बिहिवार

कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण

काठमाडौँ,मंसिर २७ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सिटौलाले फेसबुक मार्फत संक्रमण भएको जानकारी दिँदै आफ्नो सम्पर्कमा रहेकाले सवधानी अपनाउन आग्रह गरेका छन्।

साथै आवश्यक परे पिसिआर परिक्षण गराउन पनि भनेका छन्।

सिटौलाले फेसबुकमा लेखेका छन् ‘हिजो २०७७ साल मंसिर २६ गते गरिएको कोभिड–१९ को पीसीआर परीक्षणबाट मलाई पोजेटिभ देखिएकोले केही दिनयता मेरो नजिकको सम्पर्कमा रहनु भएका सबैले आवश्यकता अनुसार परीक्षण गर्नुहुन र सावधानी अपनाउनु हुन अनुरोध गर्दछु ।’

उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्।

प्रकाशित मिति : २०७७ मङ्सिर २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *