२०८१ बैशाख ८ गते शनिवार

पुस्तक व्यवसायीको साधारण सभा


घोराही, २३ मंसिर ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको पाँचौ अधिवेशन तथा १८आँै साधारणसभा घोराहीमा भएको छ । महासंघका अध्यक्ष घनश्याम बरालको अध्यक्षता एवं केन्द्रीय समितिका सल्लाहकार तथा प्रदेश नम्बर ५ का संयोजक दिवाकर पोख्रेलको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो ।

कार्यक्रममा घिमिरेले पठन संस्कृतिको विकास र सामाजिक कार्यको लागि लेखक र पाठकको बीचमा पुस्तक व्यवसायीले पुलको काम गरेको बताए । आत्मीयता, विश्वसनीयता हुन व्यवसायीमा आवश्यक रहेको कुरामा जोड दिएका थिए । पुस्तकप्रतिको लोकप्रियता अझैपनि कायमै रहेको भन्दै सरकारको मापदण्ड अनुसार अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए ।

पुस्तकालयको विकास र प्रवद्र्धन गर्नेको लागि स्थानीय निकायमा पुस्तकालयको भवन निर्माण कतैपनि नभएको र निमार्णको लागि बजेट पनि विनियोजन नभएको भन्दै उनले गुनासो गरेका थियो । यस्तै जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख सूर्यराज घिमिरेले समय परिवर्तन सँगसँगै व्यवसाय पनि परिवर्तन भएर प्राविधिकको प्रयोगको आवश्यकता र पाठकको माग अनुसार पुस्तक व्यवसायी अगाडि बढ्नु पर्ने समय आएको वताए ।

कार्यक्रममा शिक्षक महासंघका अध्यक्ष अमर खड्का, दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष बसन्त जोशी, पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, शिक्षक महासंघ घोराहीका अध्यक्ष निशान्त आचार्य, प्याब्सनका अध्यक्ष यादव गिरीलगायतले बोलेका थिए ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका उपाध्यक्ष कुमवीर डाँगीको स्वागत मन्तव्यबाट शुरु भएको अधिवेशनको सहजीकरण सचिव प्रकाश कुमार शर्माले गरेका थिए ।

अध्यक्षमा भुसाल
महासंघको पाँचौ अधिवेशनले दिपक भुसालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । निवर्तमान अध्यक्षमा घनश्याम भुसाल, प्रथम उपाध्यक्षमा केशवराज सुवेदी, द्वितीय उपाध्यक्षमा प्रकाश भट्टराई, सचिवमा निलकण्ठ तिवारी, कोषाध्यक्षमा तिर्थबहादुर डाँगी र सहसचिवमा नारायणप्रसाद भुसाल चयन भएका छन् । यस्तै सदस्यहरुमा हरिप्रसाद पोख्रेल, निर्मला चौधरी, कमलबहादुर खड्का, प्रेमबहादुर डाँगी, निमानन्द गैरे, विष्णु बहादुर भण्डारी, विष्णु योगी, किरण बस्नेत, सन्तोष आचार्य र गंगामणि आचार्य चयन भएका छन् ।

 

प्रकाशित मिति : २०७५ मङ्सिर २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *