२०८१ असोज ३ गते बिहिवार

कोरानाका कारण अप्ठेरोमा परेकाहरुलाई साहेत गर्नेबारे छलफल

तुलसीपुर, मंसिर २५ ।    कोरोना भाइरसको संक्रमणका कारण विचल्लीमा परेका सर्वसाधारण नागरिकलाई सहयोग गर्ने उदेश्यले तुलसीपुरमा प्रक्रिया सुरु भएको छ ।यूएसएआइडीको तयार नेपालको आर्थिक सहयोग, तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर उपमहानगरापलिकाको संयोजनमा अभियान सुरु भएको हो ।

कार्यक्रम अन्तर्गत साहेतका लागि विपदमा परेका, लक्षित समुदायका १ सय ५८ जना लाभग्रहीको छनौट भइसकेको तुलसीपुर उद्योग वाणिज्यसंघका सचिव तथा परियोजना टिम लिडर विनिल केसीले जानकारी दिए ।

छनौट भएका लाभग्राहीलाई आयआर्जनका काममा लगाइने भएको छ । उनीहरुलाई प्रति व्यक्ति ३२ हजार रुपंैयाका दरले सहयोग गरिने परियोजनाका टिम लिडर केसीले बताए ।यही बिषयमा तुलसीपुर उद्योग वाणिज्य संघको सभाहलमा बिहीवार अभिमुखिकरण कार्यक्रम भएको छ ।

संघका अध्यक्ष विरबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वन, वातावरण तथा विपत व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले सिमान्तकृत समुदायका लागि परीयोजनाले सहयोग दिने बताए ।विपतमा परेका नागरिकलाई आर्थिक पुर्नलाभ गर्न तयार नेपालले गरेको सहयोग महत्वपूर्ण रहेको उनले बताए ।

कार्यक्रममा लक्षित वर्ग दलित, जनजाती, अपाङ्गता भएका व्यक्ति, कोरोना भाइरसका कारण समस्यामा परेका परिवार, बैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई सघाउने उदेश्यले कार्यक्रम ल्याइएको तयार नेपालका तर्पmबाट फिल्ड अधिकृत दशरथ रौनियारले जानकारी दिए ।यो कार्यक्रम दाङ जिल्लामा घोराही र तुलसीपुरमा मात्रै लागु भएको छ ।

 

प्रकाशित मिति : २०७७ मङ्सिर २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *