२०८१ असोज ४ गते शुक्रवार

‘दिदी घर’लाई केन्द्रको सहयोग

तुलसीपुर, मंसिर २३ । शान्तिनगरको अपाङगता सशक्तिकरण केन्द्रले तुलसीपुर ६ को दिदी घरलाई खाद्यन्न सहयोग गरेको छ ।

बार्षिक उत्सकको अवसरमा केन्द्रले झन्डै १२ हजार मूल्य बराबरको सहयोग हस्तान्तरण गरेको छ ।

दिदी घरमा रहेका अभिभाबक बिहीन बालबालीका लागि चामल , तेल, दाल, चिउरा, नून, जाडोमा लगाउने गलबन्दी लगायतका बस्तु सहयोग गरिएको केन्द्रका अध्यक्ष रजनी शाहले जानकारी दिइन ।

दिदी घर संस्थाकी सञ्चालक स्यानी चौधरीले दूई बर्षदेखि अभिभावक बिहीन ७ जना बालिका र ३ जना बालकलाई आस्रय दिदै आएकी छन् ।

 

अभिभावक बिहीन बालबालिकालाई सहयोग गर्न पाउदा खुसी लागेको केन्द्रकी अध्यक्ष शाहले बताइन ।

सहयोग हस्तान्तरण प्रमुख अतिथि मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिब सुशील बस्नेतले अपाङगता, महिला, बालबालिका, जेष्ठ नागरिक, दलित र अल्प संख्यक सिमान्कृत समुदायको बारेमा राज्यले अझ बढी ध्यान दिनुपर्ने धारणा राखे । कानून बनेपनि कार्यान्वयनमा राज्यले ध्यान नदिएको उनले गुनासो गरे ।

बिशिष्ठ अतिथि तुलसीपुर उपमहानगरपालिकाका सामाजिक बिकास शाखाका अधिकृत माया श्रेष्ठले बालबालिकाको क्षेत्रमा काम गर्दै आएको दिदी घरको संस्थागत बिकासका लागि योजना बनिरहेको बताइन ।

सहयोग हस्तान्तरण कार्यक्रममा अपाङगता सशक्तिकरण केन्द्रका सल्लाहकार सुमन गौतम, अपाङग समाज सुधार केन्द्रका अध्यक्ष हुमकान्त कँडेल लगायतले मानविय नाताले अनाथ बालबालिकालाई आस्रय तथा शिक्षा दिक्षा दिदै आएको दिदी घर संस्थालाई सबैले सहयोग गर्न जरुरी रहेको धारणा राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य संंस्थाका उपाध्यक्ष गुरुप्रसाद लामिछानेले र सहजीकरण सचिब टिकाराम वलीले गरेका थिए ।

प्रकाशित मिति : २०७७ मङ्सिर २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *