काठमाडौं,मंसिर २३ । साताको सुरुवाती दुई दिनमा लगातार ओरालो लागेको सुनको भाउमा मंगलबार भने बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलामा एक हजार ५ सय रुपैयाँले बढेको हो ।
महासंघको तथ्यांकअनुसार मंगलबार सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार यसको भाउ प्रतितोला ९२ हजार ६ सय रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको भाउ प्रति औंस १ हजार ८ सय ५० अमेरिकी डलर पुगेको थियो ।
मंगलबार सुनको भाउ प्रति औंस १ हजार ८ सय ६८ डलर पुगेको छ ।
मंगलबार चाँदीको भाउ समेत बढेको छ । यो ३० रुपैयाँ प्रतितोलाले बढेको हो ।
सोमबार १ हजार दुई सय ५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको भाउ मंगलबार १ हजार दुई सय ३५ रुपैयाँ कामय भएको महासंघले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७७ मङ्सिर २३ गते मङ्गलवार