२०८१ असोज ४ गते शुक्रवार

७२ वर्षको उमेरमा डिभोर्स

गुल्मी,मंसिर २१ । गुल्मीमा एक वृद्ध दम्पत्तीले सम्बन्ध विच्छेद गरेका छन् ।

गुल्मी दरकार गाउँपालिका–४ स्थित भट्टेचौरका ७२ वर्षीय तीलबहादुर विश्वकर्मा र ६९ वर्षीया बाटुली विश्वकर्माले जिल्ला अदालत गुल्मीमा आज सम्बन्ध विच्छेद गरेका हुन् ।

आफ्ना पहिलेका श्रीमान्‌को मृत्यु भइसकेपछि विसं २०५२ मा बाटुलीको तीलबहादुरसँग दोस्रो बिहे भएको थियो ।

सामान्य मनमुटावका कारण घरमा सधैँ भरि झगडा गरेर बस्नुभन्दा बाच्दासम्म शान्तिसँग बस्न पाइयोस भनेर सम्बन्ध विच्छेद गर्ने सोच बनाएको श्रीमती बाटुली विकले बताइन ।

यी वृद्ध दम्पत्तीले जिल्ला अदालत गुल्मीबाट कानूनी रुपमा सम्बन्ध विच्छेद गरेर अलग–अलग बस्ने निधो गरेका हुन् ।

यी दम्पत्ती आफ्ना छोराछोरी र नातीसँगै सम्बन्ध विच्छेदका लागि अदालत पुगेका थिए । बाबा आमा दुवैको सहमतिअनुसार सम्बन्ध विच्छेद भएको हो,तीलबहादुरका राइलो छोरा देवेन्द्र विश्वकर्माले भने ।

दुईरचार वर्ष बाच्दासम्म किन सधैँभरि झगडा र कचकच गरेर बस्ने ?कान सुन्दैनन्, एउटा कुरा गर्दा अर्को सुन्ने र झगडा गर्ने बानी छ, त्यही भएर कचकच गरेर बस्नुभन्दा कानूनी रुपबाटै डिभोर्स गर्ने सोच बनाए,ु बाटुलीले भनिन् ।

गुल्मीमा आजभोलि सम्बन्ध विच्छेदका घटना दिनानुदिन बढ्दै जान थालेका छन् । गुल्मी जिल्ला अदालतमा ७२ वर्षको उमेरमा सम्बन्ध विच्छेदको घटना यो पहिलो हो ।

यसअघि ५५ वर्षसम्मका जोडीबीच सम्बन्ध विच्छेद भएको जानकारी पाएको छु, अदालतमा धेरै सम्बन्ध विच्छेदका मुद्दा आउने गर्दछन् तर सम्भवतः ७२ वर्ष उमेरमा भएको सम्बन्ध विच्छेदको यो नै पहिलो घटना हो,–जिल्ला अदालत गुल्मीका तहसिलदार दीपेन्द्रकुमार तीवारीले भने ।

नयाँ मुलुकी सहिंता जारी भएसँगै जिल्ला अदालतमा मुद्दा दर्ताको चाप बढेको छ । अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका छन् ।

चालु आर्थिक वर्षको अहिलेसम्म ५४ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये २६ फस्र्यौट भइसकेको तहसिलदार तिवारीले जानकारी दिए ।

विशेषगरी अदालतमा सम्बन्धविच्छेद, अंश, गाली बेइज्जती, कर्तव्य ज्यान, जबरजस्ती करणी, माना चामल, बहुविवाह, सवारी ज्यान, लेनदेनलगायत मुद्दा दर्ता हुने गरेको उनको भनाइ छ ।

सम्बन्धविच्छेदका लागि उजुरी गर्ने अधिकांश २२र२५ वर्ष कमका महिला भएको उनले बताए ।

कम उमेरमा विवाह, अन्तरजातीय विवाह, मदिरा सेवन, दाईजो, वैदेशिक रोजगार, बहुविवाह, घरेलु हिंसा, बेरोजगारी, परपुरुषसँगको अवैध सम्बन्धलगायत कारण सम्बन्धविच्छेदका मुद्दा बढेको अदालतले जनाएको छ ।

 

 

प्रकाशित मिति : २०७७ मङ्सिर २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *