दाङ, २२ मंसिर ।
साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना आयोजन व्यवस्थापन इकाइ नेपालगञ्जको आयोजनामा कृषक समुह र सहकारीका सदस्यका लागि उप आयोजना व्यवस्थापन तालिम घोराहीमा सुरु भएको छ ।
तालिम २ दिन सम्म सञ्चालन हुने आयोजनाले जनाएको छ । आयोजना संग योजना सम्झौता भए पछि उप आयोजना सञ्चालन प्रक्रिया, गरीनु पर्ने कार्य, समुह संहकारीले गर्नु पर्ने कार्य लगाएका विषयमा जानकारी दिइने छ । तालिममा समुह र सहकारीका गरी १४ वटा समुहका का २ जनाका दरले सहभागिता रहेको छ । जसमा माहुरीपालन, च्याउ खेती, च्याउकको विऊ, मसुरो, लसुन, खुसानी सित भण्डारका लागि सम्भौता गरेका कृषक समुहका प्रतिनिधिहरु रहेका छन् ।
तालिमका प्रशिक्षकहरुमा साना तथा मझौला कृषक वृद्धि आयोजनाका मुल्य सृङखला विज्ञ दीपेन्द्र जोसी, आयोजनाका जिल्ला अनुगमन अधिकृत हरी शर्मा रहेका छन् । तालिम उद्घाटनमा साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना व्यवस्थापन इकाइ नेपालगञ्जका प्रमुख गोकर्णराज अर्याल, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल लगाएतकाले कृषकहरु लाई योजनाको सफल कार्यान्वयनका लागि अगाडि वढन आग्रह गरेका थिए । कृषकहरुलाइ सहयोग पु¥याउने उदेश्यले यस प्रकारको आयोजना सञ्चालन भएकाले सदुप्रयोग गरेर अगाडि वढनु पर्ने उनीहरुको भनाइ रहेको थियो ।