२०८१ बैशाख ८ गते शनिवार

पूर्व प्रअ ओबहादुर डाँगीको कारोनाका कारण मृत्यु

दाङ, मंसिर २० । पूर्व प्रधानाध्यापक ओबबहादुर डाँगीको कोरोना भाइरस संक्रमनका कारण मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ निवासी ७० बर्षीय डाँगीको शनिवार बिहान साढे ६ बजेतिर नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या भएपछि डाँगी कार्तिक १४ गते नेपालगञ्ज मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका थिए ।

आशंका लागेर पिसिआर परीक्षण गर्दा उनलाई १५ गते कोरोना संक्रमन पुष्टि भएको थियो ।

मधुमेह र दमको रोगबाट पीडित डाँगीलाई पछिल्लो समय कोहलपुर मेकिडल कलेजको कोरोना आइसियूू वार्डमा उपचार भइरहेको थियो ।

स्वास्थ्यमा सुधार नआएपछि उनको मृत्यु भएको बाँकेका जिल्ला फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

बिज्ञान र गणित विषयका शिक्षक डाँगी ३६ बर्षसम्म शिक्षण पेशामा आबद्ध रहेका थिए । त्यो अवधिमा उनी ५ वटा बिद्यालयमा प्रधानाध्यापक बनेका थिए ।

डाँगीको निधनले शिक्षा क्षेत्रमा अपुरणिय क्षति पुगेका शिक्षा क्षेत्रका सरोकारवालाहरुले बताएका छन् ।

 

प्रकाशित मिति : २०७७ मङ्सिर २० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *