दाङ, मंसिर १९ । नेपाली कांग्रेस केन्द्रीय शिक्षा विभाग सदस्य स्वार्गीय चिन्तावहादुर वुढाथोकीको १३ दिनको पुण्य तिथीमा श्रद्धाञ्जली सभा गरिएको छ ।
नेपाली काँग्रेस दाङ क्षेत्र नं २ ले बुढाथोकीको निवार घोराही ८ बनगाऊमा श्रद्धाञ्जली सभा गरेको हो ।
श्रद्धाञ्जली सभा नेपाली काँग्रेस दाङ क्षेत्र नं २ का सभापती भुपवहादुर डाँगीको अध्यक्षता तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य पार्वती डिसी चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा वोल्ने बक्ताहरुले वुढाथोकीले शिक्षाको क्षेत्रमा ठुलो योग्दान पु¥याएको बताएका थिए ।
पार्टीलाई अगाडि वढाउन वुढाथोको महत्पुर्ण योग्दान गरेको उनीहरुको भनाइ रहेको थियो ।
वुढाथोकी निष्ठावान, सालिन व्यक्ति रहेको सहभागिले बताएका थिए ।
त्यस अवसरमा नेपाली काँग्रेस महासमिती सदस्य धनीराम चौधरी, नेपाली काँग्रेसका जिल्ला सदस्यहरु भिमप्रकास खडका, कमल वली, निर्मल न्यौपाने, वालिका लम्साल नेपाल शिक्षक संघका पुर्व वरिष्ठ उपाध्यक्ष गोविन्द्रप्रसाद न्यौपाने, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष युवराज वस्नेत, नेपाल महिला संघका जिल्ला अध्यक्ष गोमा रावत, घोराही उप महानगरपालिका वडा नं ८ का वडाध्यक्ष चन्द्रप्रसाद चौधरी, सिद्धरत्ननाथ मावि नारायणपुरका प्रअ उतम खनाल, नेपाली काँग्रेस घोराही उप महानगरपालिका वडा नं ८ का सभापती कुलप्रसाद रजौरे ९श्रवण० लगाएतकाले स्वर्गीय वुढाथोकीको व्यक्तित्वका वारेमा चर्चा गरेका थिए ।
सहभागिहरुलाई धन्यावाद ज्ञापन घरपरिवारको तर्फवाट स्वर्गीय बुढाथोकीका भाइ तथा पुर्व नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भिमवहादुर वुढाथोकीले गरेका थिए ।
कार्यक्रमकको सहजिकरण नेपाली काँग्रेस दाङ क्षेत्र नं २ का सचिव वद्रीकुमार खडकाले गरेका थिए ।
वुढाथोकीको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको थियो ।
उनी नेपाल शिक्षक संघ दाङको अध्यक्ष, नेपाल शिक्षक संघको केन्द्रीय उपाध्यक्ष, नेपाल शिक्षक यूनियन दाङको संस्थापक जिल्ला अध्यक्ष, जिल्ला शिक्षा समिति दाङको सदस्य, सार्क शिक्षक महासंघका कोषाध्यक्ष, नारायणपुरमा रहेको सिद्धरत्न नाथ माध्यामिक विद्यालयको प्रधानाध्यापक र विद्यालय व्यवस्थाप समितीका अध्यक्ष समेत काम गरेका थिए ।