२०८१ असोज ४ गते शुक्रवार

काँग्रेस दाङले सम्झियो भण्डारीलाई

तुलसीपुर, मंसिर १९ । नेपाली काँग्रेस दाङले आफ्नो स्वर्थिय नेता रेशमबहादुर भण्डारीको १३ औं दिनको पुन्य तिथिमा शोक सभा गरेको छ ।

नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काको सभापतित्वमा भएको शोक सभाका बक्ताहरुले पुर्ब क्षेत्रीय सभापति समेत रहेका स्वर्गिय भण्डारीले प्रजातन्त्रको लागि गरेको योगदान र संगठन निर्माणमा खेलेको भूमिकाको पार्टीले संधै उच्च मुल्याङकन गर्ने बताएका थिए ।

‘पार्टीको नेताको रुपमा रहँदा संगठनका लागि र जनप्रतिनिधिको भूमिकामा रहँदा स्वर्गिय रेशमबहादुर भण्डारीले गरेको कामले संधै उहाँलाई पार्टीले स्मरण गर्ने छ,’ पार्टी सभापति खड्काले भने ।

भण्डारीको निधनबाट पार्टीले एक आदर्शबादी नेता गुमाएको उनले बताए ।

प्रधानपञ्च, गाबिस अध्यक्ष हुदै पार्टीको क्षेत्रीय सभापतिको जिम्मेवारिमा हुदा भण्डारीले सबैको मन जितेर काम गरेको उनले चर्चा गरे ।

शोक सभामा काँग्रेस सल्यानका पूर्ब सभापति धुर्वराज पुरी, काँग्रेसका नेता केशवराज आचार्य, राप्रपाका नेता प्रेमबहादुर भण्डारी, काँग्रेस दाङका सचिब टेकबहादुर वली, काँग्रेस क्षेत्र नम्बर ३ का सभापति जगतबहादुर खड्का, क्षेत्र नम्बर ३ का प्रदेश सभापति खिमबहादुर वली, काँग्रेस नेतृ देबीका नेपाली लगाएले स्वर्गिय भण्डारीको योगदानको चर्चा गरेका थिए ।

त्यस्तै शोकसभालाई तरुण दल दाङका अध्यक्ष टीका घर्ती, तुलसीपुर ११ का पार्टी इकाई सभापति बोधिलाल भण्डारी, तुलसीपुर ११ का वडा अध्यक्ष चित्रबहादुर वली, साबिक उरहरीका पूर्ब गाबिस उपाध्यक्ष ओपेन्द्र गौतम लगायतले शोक मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वर्गिय भण्डारीका भाइ काँग्रेस नेता तथा संविधानसभा सदस्य बुद्धिराम भण्डारीले परिवारको तर्फवाट धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमको सहजिकरण काँग्रेस दाङका सचिव शंकरप्रसाद डाँगीले गरेका थिए ।

प्रकाशित मिति : २०७७ मङ्सिर १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *