तुलसीपुर, मंसिर १९ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले प्रदेशका १२ वटा जिल्लामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान संचालन गरिरहेको जानकारी दिएको छ ।
“लैङ्गिक हिंसाको अन्त्यको प्रतिबद्धताः ब्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङले १२ जिल्ला र ५३ इलाका प्रहरी कार्यालय गरि ६५ प्रहरी ईकाइहरुबाट सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको लुम्बिनी प्रदेशका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।
उनले आर्थिक बर्षलाई लैंगिक हिंसा विरुद्धको अभियान बर्षको रुपमा मनाउने गृहमन्त्रालयको निर्णय अनुसार बुधबारसम्म ४ सय ७ वटा कार्यक्रमहरु सञ्चालन भइसकेको प्रहरी वरिष्ठ उपरीक्षक बैदवारले जानकारी दिए ।
त्यस्तै पहाडी जिल्लामा सवारी दुर्घटना न्युनिकरणका लागि चालकसंग कुराकानी प्रहरी १५ दिने अभियान समेत संचालन गरिएको छ ।
लुम्बिनी प्रदेशमा २ वर्षको अवधिमा ४ हजार बढी हिंसाका घटना दर्ताको भएको उनले जानकारी दिए ।
जसमा अािर्थक वर्ष २०७५/०७६ मा २ हजार १ सय ९९ वटा र गत वर्ष ०७६/०७७ मा १ हजार ८ सय ४४ हिंसाका उजुरी परेको उनले बताए ।
यसैबिच लुम्बिनी प्रदेशमा चालु अर्थिक वर्षको ४ महिनामा ८ सय २३ वटा विभिन्न हिंसाका घटनाहरु भएको बैदवारले जानकारी दिए ।