२०८१ भाद्र २८ गते शुक्रवार

रौतहटमा चक्कु प्रहारबाट युवकको हत्या

काठमाडौं, मंसिर १६ । चक्कु प्रहारबाट गम्भीर घाइते भएका रौतहटका एक युवकको मृत्यु भएको छ।

रौतहट वृन्दावन नगरपालिका वडा नम्बर ३ का १८ वर्षीय नन्दकिशोर रामको उपचारको क्रममा गए राति मृत्यु भएको हो।

उनका छिमेकी १९ वर्षिय रवि रामले उनलाई चक्कु प्रहार गरेको प्रहरीले जानकारी दिएको छ।

कबलष्mब दयह बम द्धदष्मज बिद दयह बम छ
सोमबार बेलुकी आफ्नी काकी ललिता देवीलाई छिमेकी लाले रामले मादक पदार्थ सेवन गरी गालीगलौज गरेकोमा नन्दकिशोरले पनि लाले रामकै पक्ष लिएको भन्दै भनाभन भएको थियो।

झै(झगडा शान्त भइसकेको केही वेरमा भान्छाको चक्कु लगेर रविले नन्दकिशोरको पेटमा प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरीले गए राति नै चक्कु प्रहार गर्ने रविलाई नियन्त्रणमा लिएको थियो।

घाइते नन्दकिशोरलाई एपोलो अस्पताल चन्द्रपुरमा उपचार गर्न लगिएकोमा उनको गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

घटनास्थलबाट चक्कु बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २०७७ मङ्सिर १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *