
दाङ, कात्तिक २८ । बैतडीमा गएराति भएको बस दुर्घटना परि नौं जनाको मृत्यु भएको छ। थप २५ जना जति घाइते भएका छन् ।
पाटन नगरपालिका वडा नम्बर ८ को खोड्पे भन्ने स्थान नजिक बिहीबार राति साढे १० बजे बस दुर्घटना हुँदा दूई महिला र सात पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।
आठ जनाको घटनास्थलमै र एक जनाको डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यो खवर तयार पार्दासम्म मृतक र घाइते कसैको पनि सनाखद हुन नसकेको प्रहरीले बताएको छ ।
दूर्घटना भएको मा ५ ख ५१४१ नम्बरको बस बैतडीको गन्नाबाट महेन्द्रनगरतर्फ जाँदै थियो।बसमा करिब ४३ जना यात्रु सवार थिए।
घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ। गम्भीर घाइते ८ जनालाई थप उपचारका लागि बाहिरी जिल्ला रिफर गरिएको छ।
बस सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।
