दाङ,कात्तिक १९ । पूर्वसभामुख कृष्णबहादुर महरालाई पत्नी शोक परेको छ । महरा पत्नी सीता महराको ५७ बर्षको उमेरमा काठमाडौंको नर्भिक अस्पतालमा बुधवार विहान साढे ६ ः २५ बजे निधन भएको छ।
पिसिआर परीक्षणका क्रममा उनलाई कोरोना पोजेटिभ देखिएको थियो।उनलाई गम्भीर प्रकृतिको निमोनिया भएको र उपचारका क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । उनी माइस्थेनियाबाट विगत १० वर्षदेखि पीडित थिइन ।
एकाएक स्वास्थयमा समस्या उत्पन्न भएपछि महरा पप्नी सीतालाई कात्तिक १४ गते दाङको घोराहीवाट हेलिकोप्टर मार्फत उपचारका लागि काठमाडौं लगिएको थियो । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि गत कात्तिक १३ गते दाङ घोराहीस्थित गोर्खा अस्पताल भर्ना गरिएको थियो।
कात्तिक १५ गतेदेखि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । सीता विक्रम संवत २०१८ साउन १३ मा रोल्पा गजुल धौले गाउँमा जन्मेकी थिइन । महरासँग उनको २०३५ सालमा विवाह भएको थियो। उनका दुई छोरा र दुई छोरी छन ।
बुधवार नै काठमाडौंस्थित पशुपति आर्यघाटमा उनको अन्तेतिष्ट गरिने पारिवारीक स्रोतले बताएको छ । काज क्रियाको का मभने दाङको घोराहीस्थित घरमा हुने भएको छ ।
