दाङ,कात्तिक १५ । घोराहीका ७० बर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ७० बर्षीय पुरुषको उपचारका क्रममा बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा शनिवार विहान ५ बजे मृत्यु भएको हो ।
उनी कात्तिक ११ गते आइसियूमा भर्ना गरिएका उनलाई कात्तिक १२ गते बेलुका कोरोना संक्रमन पुष्टि भएको थियो ।
बाँके जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार स्वास्थ्यमा सुधार नआएपछि शनिवार विहान उनको मृत्यु भएको हो ।
यो संगै बाँके जिल्लामा हालसम्म बाँकेमा ४८ जना संक्रमितको मृत्यु भएको छ ।जसमा बाहिरी जिल्लावाट उपचारका लागि लगिएका १८ जना र बाँके जिल्लाका मात्रै थप ३० जना रहेका छन् ।
प्रकाशित मिति : २०७७ कार्तिक १५ गते शनिवार
