२०८३ असार ६ गते शनिवार

बिकको खुट्टा काटेको घटना अनुसन्धान गर्न ३३ युवा नियन्त्रणमा

दाङ, कात्तिक १२ । तुलसीपुरका कुमार (कमारा) बिकको खुट्टा छिनालिएको घटना अनुसन्धान गर्न प्रहरीले ३३ जना युवालाई नियन्त्रणमा लिएको छ ।

उपमहानगरपालिका वडा नं. ११ नवलपुर निवासी नवलपुर निवासी ४५ बर्षीय विक तुलसीपुर १० गोलौरीमा सोमवार राति  एउटा खुट्टा छिनालेको अवस्थामा फेला परेका थिए । 

उनको दुबै हातमा समेत धारिलो हतियारले ठाउँ ठाउँमा काटिएको छ ।उक्त घटना अनुसन्धान गर्न गोलौरी आसपासका ३३ जना युवाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखिएको  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले  बताए । बिकमाथि आक्रमण भएको घटनास्थलमा जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दपनि मंगलवार तुलसीपुर आाएका थिए । 

घाइते अवस्थामा फेला परेका बिकलाई मध्यरातमा उद्धार गरि प्रहरीले उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पु¥याएको थियो । 

 घाइते बिकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचार पछि सोमवार राति नै थप उपचारका लागि बाँके रिफर गरिएको थियो । त्यहाँबाट पनि घाइतेलाई मंगलवार थप उपचारका लागि भारतको लखनउ तर्फ लगिएको छ । 

अत्यधिक रक्तस्रावका कारण घाइतेको अवस्था गम्भीर रहेको हुँदा घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । गोलौरी गाउँमा आफ्नो भान्जाको विहे भोज खाएर आफ्नो घर तर्फ जाँदै गरेका बिकमाथि पढ्ढा र गौलौरीको बीचको खेतमा अज्ञात समुहले सांघातिक आक्रमण गरेको प्रहरीले बताएको छ । घटना बारे अनुसन्धान जारी रहेको र दोषी कुनैपनि हालतमा उम्कन नपाउने डिएसपी सिंहले बताए ।

प्रकाशित मिति : २०७७ कार्तिक १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *