२०८१ चैत्र ३ गते आइतवार

बाहिरवाट आएका मानिसले तुलसीपुरमा स्थापना गरे दाङकै पहिलो विउ उत्पादन केन्द्र

तुलसीपुर, असोज २८ । लटरम्म झुलेको धान वरिपरी छ । धानपनि फरक ÷ फरक छ । डोरीले नापेर लाईनमा रोपिएको चिटिक्क परेको देखिन्छ । एउटै खेतको गरामा २ लाईन भाले धान र ४ लाईन पोथी धान लगाएको छ । जस्लाई परागसेचन गर्दापनि मानिसले डोरीको साहेताले गराउनु पर्छ । साढे ७ बिगाहा जग्गाको वरिपरी तारवाल गरिएको छ । प्रवेशद्धारमा बढेमानको गेट छ । अब यो धान काट्ना साथ यहाँ मकै खेति सुरु हुन्छ । डिपबोरिङ मार्फत सिंचाईको प्रवन्ध गरिएको छ ।

त्यही धान खेतको बीचमा ठूलो भौतिक संरचना निर्माण गरिएको छ । त्यसमा बोट विरुवालाई आवश्यक औषधी उत्पादन हुन्छ । विरुवालाई चाहिने भिटामिनहरु माईक्रो न्यूटेन्ट उनीहरु आफैं उत्पादन गर्छन । त्यसकै बगलमा तरकारीका लागि ठूलो ट्रष्ट निर्माण गरिएको छ । त्यो आइरण ट्रष्ट हो । जहाँ एकसय वटा टनेलहरु निर्माण गरिएका छन् ।

त्यो भित्र टमाटर, भन्टा लगाएका बोटहरु हुर्किरहेका छन् । थोपा सिंचाईको व्यवस्था गरिएको छ । त्यसैमार्फत प्रत्येक बोटबोटमा पानी र औषधी तथा भिटामिन एकसाथ पुग्छ ।

तर यहाँ फलेको तरकारी तथा भन्टाहरु फलेपछि बजारमा बेच्न लगिदैन । बरु त्यो पाकेपछि मात्रै टिपिन्छ । र त्यसैवाट विउ उत्पादन गरिन्छ । ४÷५ महिनामा एक लट विउ उत्पादन हुन्छ । बर्षमा दूई पटक जति मात्रै राम्रो संग विउ उत्पादन गर्न सकिने सञ्चालकले बताए ।

त्यहाँ दैनिक ५०÷६० जनाले एकासाथ काम गरिरहेका हुन्छन् । स्थानीले धेरैले रोजगारीको अवसर पाएका छन् । विहिरी जिल्लावाट ओजेटी गर्नेहरु पनि यहाँ काम गर्न आउँछन् । यो विउ उत्पादन केन्द्रमा नेपाल सरकारको जागिरवाट रिटार्ड भएका दाङकै केही कृषि विज्ञले पनि काम गररहेका छन् ।

दाङको तुलसीपुरमा जिल्लामै पहिलो विउ उत्पादन केन्द्रले धेरै स्थानीयलाई रोजगारी प्रदान गर्दै आएको छ । तर, पछिल्लो समय लकडाउनका कारण केही सावधानी अपनाइएको यसका सञ्चालके बताए ।

जहाँ करोडौंको लगानी भइसकेको छ । यो विउ उत्पादन केन्द्र विष्णु मरहठ्ठाको हो । उनी दाङका होईनन । पुर्खेउली घर गोरखा र हाल काठमाडौंमा पनि उनको घर छ । जस्ले तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ पथखौलीमा दूई बर्ष अगाडिदेखि विउ उत्पादन केन्द्र सञ्चालन गर्दै आएका छन् ।

यति ठूलो विउ उत्पादन केन्द्र पश्चिम नेपालकै पहिलो मान्न सकिने जानकारहरु बताउँछन् । गोरखा जिल्लाको पालुङटार नगरपालिका निवासी मरहठ्ठाले पथखौलीमा साढे ७ विगाहा ( ५ हेक्टर) जमिन खरिद गरि विउ उत्पादन केन्द्र सञ्चालनमा ल्याएका छन् । विगत १५ बर्ष अगाडिदेखि उनले काठमाडौंको नख्खु र दह चोकमा पनि विउ उत्पादनको काम गर्दै आएको बताए ।

तुलसीपुरको पथखौलीमा उनले नेपाल सरकारले प्रमानिकरण गरेको हर्दिनाथ हाईब्रिड वान ( एचएच वान) जातको धानको विउ र मकैमा रामपुर हाईब्रिड १० को विउ उत्पादन गर्दै आएका छन् ।

त्यस्तै तरकारी खेति अन्तरगत टमाटर, भन्टा लगाएका विउहरु उत्पादन गर्दै आएको मरहठ्ठाले बताए । उनले उत्पादन गर्ने विउहरु पहिलो पुस्ताको हो । जस्लाई एफ वान सिड प्रोडक्सन भन्ने गरिन्छ । जस्को बाबु र आमा छुट्टा छुट्टा हुर्काएर मानिसले नै त्यसको पोलिनेसन (गर्भाधारण) गराउनु पर्ने हुन्छ ।

मरहठ्ठाले उत्पादन गरेको विउ दाङ जिल्लाका विभिन्न एग्रोभेटहरु मार्फत विक्रि हुने गरेको छ । यअसघि धान तथा मकैको विउ नेपाल तथा चीनबाट आयात हुँदै आएको थियो ।

गत साल उनले ८ टन सम्म धानको विउ उत्पादन गरेको बताए । जस्लाई केजीको ४ सय रुपैंया पर्छ । त्यतिले नपुगेर उनैले उप्पादन गरेको विउबाट उत्पादित केही धान उनले लमहीवाट समेत खरिद गरेको बताए । टमाटर र भन्टाको विउ कति उत्पादन भयो भन्ने कुरा उनले बताउन चाहेनन् । मरहठ्ठाका अनुसार चिसो महिना पुस माघमा विउ उत्पादन गर्न समस्या हुन्छ । त्यस्तै बढी गर्मी महिनाहरु जेठ असारमा पनि उति राम्रो उत्पादन हुँदैन ।

यो बाहेक उनले विउ उत्पादनका लागि थप अरु जग्गापनि भाडामा लिन खोजी रहेको बताए । उनको हालसम्मको लगानी र दूई गत सालको आम्दानी बारे खुलेर कुरा गर्न चाहेनन् । उनले गरिरहेको काम उदाहरणी छ । स्थानीयपनि लाभान्वित छन् । मरहठ्ठाको प्रयासले देशको परनिर्भता घटाउन सहयोगी भूमिका पनि अवश्ब्य खेलेको छ ।

तर, उनी कुनैपनि मिडियामा प्रस्तुत हुन नचाहेको बताए । भिडियोमा बोल्न र फोटो खिच्न पनि मानेनन् । जस्को कारण उनले अबको दूई वर्षपछि मात्रै आफु मिडियामा सार्वजनिक हुने बताए । ‘ म आफै कति सफल हुन्छ भनेर परीक्षण गरिरहेको छु,’ उनले भने ‘ म सफल भने अवस्य पनि मिडियालाई बोलाउने छु र क्यामेरामा बोल्ने छु ।’

प्रकाशित मिति : २०७७ असोज २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *