काठमाडौं, असोज १० । पछिल्लो २४ घण्टामा एक हजार २०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७१ हजार ८२१ पुगेको छ।
पछिल्लो २४ घण्टामा मात्र ११४७ जना संक्रमणमुक्त भएसंगै हाल सम्म ५३ हजार १३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै यस शनिबार थप ८ जनाको कोरोनाबाट मृत्यु भएको छ । हालसम्म मृतक ४६७ जनामा कोरोना देखिएको छ।
प्रकाशित मिति : २०७७ असोज १० गते शनिवार