तुलसीपुर, असोज ८ । बिहीवार दिउँसो मात्रै एउटा खवर सार्वजनिक भयो । तुलसीपुरमा तरुण कप फुटसल प्रतियोगिता २०७७ हुने भनेर । जसको आयोजकमा तरुणदल तुलसीपुर उपमहानगरपालिका वडा नं ५ को नाम थियो । त्यो प्रतियोगिता तरुण दलले आयोजना गर्न लागेको तेस्रो भएको र असोज १५ गतेदेखि सुरु हुने जानकारी दिइएको छ । तुलसीपुर वडा नं. ५ का तरुण अध्यक्ष सुनिलबाबु डाँगीलाई कोट गर्दै त्यो खवर प्रकासित भएको छ ।
जसमा प्रतियोगिताको तयारी तीव्र रुपमा भइरहेको जानकारी पनि दिइएको छ । स्थानीय स्तरमा युवाहरुका माझ खेलको पहुँच अभिवृद्धि गर्न र भाइचारा स्थापित गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको त्यसमा उल्लेख छ । प्रतियोगितामा ६ टिम को सहभागिता रहने र खेल तुलसिपुर ६ स्थित द लेजेन्ड फूटसल ग्राउन्डमा हुने सूचित गरिएको छ । तर, यो खवर सार्वजनिक भएको केही बेरमै नेपाल तरुण दल दाङका जिल्ला अध्यक्ष टिका घर्तीले विज्ञप्ति जारे गरे । जसमा स्पष्ट रुपमा हाल तरुण दलको कुनैपनि कार्यक्रमहरु नभएको स्पष्ट पारिएको छ ।
साथै उनले सुनिल बाबु डाँगी तरुण दलको कुनैपनि पदमा नरहेको उल्लेख गरेका छन् ।
तुलसीपुर वडा नं. ५ को तरुण अध्यक्ष जिबी जिएम भएको भन्दै तरुण दलको लेटर प्याड दूरुपयोग नगर्न जिल्ला अध्यक्ष घर्तीले खवरदारी गरेका छन् । जिल्ला अध्यक्ष घर्तीले कसैलाई पनि प्रतियोगिताको लागि आर्थिक सहयोग नगर्न समेत आग्रह गरेका छन् । जसले गर्दा तरुण दल भित्रको आपसी तिक्तता छताछुल्ल भएको छ । तरुण दलकै नेताहरुको बीचको आपसी तिक्तता छताछुल्ल भएपछि त्यसले प्रतियोगिता हुने वा नहुने भन्ने बारेमा अन्यौंलता सृजना गरेको एक जना नेताले बताए ।
‘तरुण युवाहरुका माझ खेलको पहुँच अभिवृद्धि गर्न र भाइचारा स्थापित गर्न प्रतियोगिता आयोजना गरिएको भन्नु र तीनै बीचको तिक्तता छताछुल्ल भएपछि कसरी प्रतियोगिता हुन्छ होला,’ ती नेताले आशंका व्यक्त गर्दै भने ‘यसले जग हसाँएको छ र अन्य प्रतिपर्धी संगठनहरुलाई थप खेल्ने मौका सृजना गर्ने छ।’
ती नेताले जिल्ला पार्टी नेतृत्वले समयमै तरुण दल भित्रको उत्पन्न विवाद मिलाउन भूमिका खेल्न आवश्यकता औंल्याए । लामो समयदेखि आफ्नो भातृ संगठनहरुमा विवाद छताछुल्ल हुँदापनि नेतृत्व चुप लागेर बस्नु गलत भएको उनले बताए ।
यो पनि पढ्नुहोस
तरुण कप फुटसल प्रतियोगिता हुने