बुटवल, असौज ८ । बुटवलमा कोरोना संक्रमित दूई व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ । मृतक मध्य एकजना नवलपरासी पश्चिम र अर्का कपिलबस्तुका हुन ।
कपिलबस्तु बुद्धभूमी नगरपालिका ६ का ५० बर्षीय पुरुष र नवलपरासी पश्चिम रामग्राम नगरपालिका ३ का ४९ बर्षीय पुरुषको बुटवलको रामनगरस्थित कोरोना विशेष अस्पतालमा विहिबार विहान मृत्यु भएको हो ।
कपिलबस्तुका पुरुषमा मधुमेह र मिगौलाको समस्या थियो भने नवलपरासीका पुरुषमा कलेजो र मिगौंला रोगवाट पीडित थिए । उनीहरु दुबै जनाको भेन्टिलेटरमा उपचारत हुँदै आएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७७ असोज ८ गते बिहिवार