पाल्पा, असोज ८ । पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् । रम्भा गाउँपालिका वडा नम्बर २ का होमबहादुर गाहाको घर गएराति पहिरोले पुरिएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार होमबहादुर गाहाको घरमा पाँच जना पुरिएको छ । घटनास्थलमा प्रहरीको टोली र स्थानीयले उद्धार गरिरहेका छन ।
प्रकाशित मिति : २०७७ असोज ८ गते बिहिवार
