२०८१ चैत्र ३ गते आइतवार

बाढी प्रभावितका लागि युवाले जुटाएको सहयोग हस्तान्तरण

बाग्लुङ,असोज ४ । बाग्लुङको ढोरपाटनका बाढी प्रभावित परिवारलाई युवाले जुटाएको ११ लाख ४४ हजार सहयोग हस्तान्तरण गरिएको छ ।

नगदसहित ३५ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री, खेलौना र स्टेशनरीसमेत वितरण गरिएको हो ।

बाढीमा परेर ज्यान गुमाएकाका परिवारलाई १९ हजारका दरले किरिया खर्च र मृतकका परिवारलाई प्रतिमृतक पाँच हजारका दरले थप रकम दिइएको युसबी सेवाका अध्यक्ष आकाश युसबी थापाले जानकारी दिए ।

यस्तै घाइते दुई जनालाई १०र१० हजार र बाढीले पूर्ण क्षति पुर्याएका ५५ घरका परिवारलाई आठ हजारका दरले राहत प्रदान गरिएको हो । आंशिक क्षति पुगेका ६१ मध्ये चार घरले चार हजार र अरुले एक हजारका दरले राहत बुझेका थिए । बाढीग्रस्त क्षेत्रका बालबालिकाको मनोबल बढाउन खेलौना, स्टेशनरी सामग्रीसमेत वितरण गरिएको केशव विक्रम सिंहले बताए ।

गएको भदौ १७ गते भुजीखोलामा आएको बाढीले ढोरपाटन नगरपालिका(९ का २१ र गलकोट नगरपालिका(४ का एक जनाको ज्यान गएको थियो । १६ जना अझै बेपत्ता छन् ।
बाढीले १ सय २० घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पुर्याएको छ । सडक, विद्यालय, सामुदायिक स्वास्थ्य एकाइ, लघुजलविद्युत् आयोजना, झोलुङ्गे, ढलान र काठे पुललगायतका दर्जनौँ भौतिक संरचना क्षति गरेको छ ।

प्रकाशित मिति : २०७७ असोज ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *