चितवन,असोज २ । चितवन मेडिकल कलेजमा कोरोना संक्रमित एक जना युवकको मृत्यु भएको छ ।
कलेजमा उपचाररत पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर ११ निवासी ३१ वर्षीय एक पुरुषको मृत्यु भएको हो । २६ गते कोरोना पुष्टि भएका उनको गएराति १२ बजेर १८ मिनेटमा मृत्यु भएको अस्पतालका निर्देशक डा। दयाराम लम्सालले जानकारी दिए ।
सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर ती युवकको उपचार भइरहेको थियो ।
चितवनमा कोरोना संक्रमित ३० जनाको मृत्यु भएको छ । जिल्लाका मात्रै १७ जना छन् ।
प्रकाशित मिति : २०७७ असोज २ गते शुक्रवार
