दाङ,भदौ २४ । सल्यानमा एकजना १६ बर्षीय किशोरको हत्या गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । कुमाख गाउँपालिका २ का १६ वर्र्षीय जनक खत्रीको हत्या गरेको आरोपमा स्थानीय २९ वर्षीय देवराज जैसी पक्राउ परेका छन् ।
गाउँपालिकाको वडा न २ स्थित काभ्रा अठाले भन्ने स्थानमा सोमबार बेलुका ८ बजेतिर खत्रीको आँखा र कानको नजिक कन्चटमा गम्भीर ढंगले प्रहरी गरी सडकको डिलबाट करिब १८ मिटर तल खसाई खत्रीको हत्या गरेको अभियोग जैसीमाथि लागेको छ ।
स्थानीय ३९ वर्षीय टेकबहादुर बुढाथोकीले दिएको जाहेरीका आधारमा अभियुक्त जैसीलाई प्रहरीले भदौ २३ गते पक्राउ गरेको हो । प्रक्राउ परेका जैसी विरुद्ध जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ भाद्र २४ गते बुधवार
