२०८३ असार २ गते मङ्गलवार

दाङ काँग्रेसले स्थानीय प्रशासनलाई १० हजार पिस मास्क दियो

तुलसीपुर, भदौ २४ नेपाली काँग्रेस दाङले जिल्ला प्रशासन कार्यालयलाई बुधवार दश हजार पिस मास्क प्रदान गरेको जननायकवीपी कोईरालाको १०७औं जन्मजयन्तिको अवसरमा काँग्रेस दाङले ती मास्क सहयोग स्वरुप प्रदान गरेको हो

काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का, उपसभापति कमानसिंह भारती, सचिव शंकर डाँगी, क्षेत्र नंं. का क्षेत्रीय सभापतिभूपबहादुर डाँगी प्रदेश सभा सदस्य अर्जुन श्रेष्ठ लगाएका नेताहरु जिल्ला प्रशासन कार्यालयमा पुगेर मास्क हस्तान्तरण गरेका हुन

मास्क हस्तान्तरण गर्दै पार्टी सभापति खड्काले फ्रन्ट लाइनमा खटिने प्रहरी प्रशासनका कर्मचारीलाई कोरोना रोकथामको लागि केहीसहयोग पुगोस भनेर मास्क हस्तान्तरण गरेको बताए

माहामानव वीपीको जन्मजयन्तिमा मास्क वितरण गर्न पाउँदा खुसी लागेको भन्दै सभापति खड्काले कोरोना भाइरसको महामारी संगखेलवाड नगर्न आग्रह गरे मास्क बुझ्दै प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भविष्यमा पनि यस्तै रचनात्मक सकारात्मक सहयोगको अपेक्षा व्यक्त गरेकाथिए

उनले सबैको सहयोगले मात्रै कोरोना विरुद्धको लडाई जित्न सफल हुने भन्दै सबैलाई अनिवार्य रुपमा मास्क लगाउन तथा साबुन पानीलेहात धुन आग्रह गरेको काँग्रेस दाङका सचिव शंकर डाँगीले जानकारी दिए

तस्विरआरके सितल

प्रकाशित मिति : २०७७ भाद्र २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *