२०८१ चैत्र ३ गते आइतवार

विदेशवाट आएकाहरुले गाउँमै रोजगारीका अवसर खोज्न थाले


तिर्थराज ज्ञवाली,
सिसहनियाँ, भदौ २३ । राप्ती गाउँपालिकाको छोट्की सिसहनियाका खेमराज खड्काले भारतको दिल्लीबाट आएर कुखुरा पालन सुरु गरेका छन् । अनिल चौधरीले कतारबाट आएर घर निर्माण सम्वन्धि परामर्ष सेवा दिने तथा निर्माण एजेन्सी खोलेर घर निर्माणको काम थालनी गरेका छन् । सूर्य नारायण चौधरीले बाख्रा पालन सुरु गरेका छन् । तुला गिरीले मसुरीयामा हार्डबेयर पसल सुरु गरेका छन् ।

यी त उदाहरण मात्रै हुन । विदेश वाट घर फर्किएकाहरुले तरकारी खेतिको सुरुवात, पशु पंक्षि मत्स्य, माहुरी पालन पालन व्यवसाय सुरु गरेका छन् । अब उनीहरुले फेरि फर्केर विदेश नजाने निश्चिय गरेरै काम थालनी गरेको जानकारी दिएका छन् ।

कोरना कहर सुरु भएसंगै सर्वसाधारण नागरिकले गाउँ घरमै रोजगारीका अवसरहरु सृजना गर्न थालेपछि उनीहरुका परिवारका सदस्य र गाउँका मानिसहरुपनि उत्साहित बनेका छन् । विदेशबाट घर फर्किएका मध्य धेरैले आफ्नै जग्गाको सदुपयोग गर्न थालेका छन् । जग्गा नभएकाहरुले जग्गा भाडामा लिएर समेत विभिन्न खाले तरकारी खेति, पशु पंक्षि पालन, मंत्स्य, माहुरी पालन, फलफूल खेति तर्फ स्थानीय अग्रसर बन्दै गएका छन् । जस्ले समाजमा रोजगारी सृजना गर्दै जान थालेको छ ।

वैदेशिक रोजगारका क्रममा ११ बर्ष विदेश बसेका गिरी कोरना संकटका कारण अव स्वदेशमै रहेर काम गर्ने चाहाना व्यक्त गरे । घर परिवारको सहयोग र समुहबाट रकमको जोहो गरि पसल सुरु गरेको उनले बताए । राप्ती गाउँपालिकाले राप्ती क्षेत्रका १ सय ३० जनालाई विभिन्न ब्यवसाय सञ्चालन, ब्यवस्थापन तथा प्रोत्साहन वापत अनुदान सहयोग गरेको छ । प्रत्येक कृषकलाई २० हजारका दरले अनुदान प्रदान गरिने प्राविधिक सहायक सिमा भट्टले बताइन ।

नेपाल सरकार, प्रदेश सरकारको सहयोगमा राप्ती गाउँपालिका कृषि शाखाले वडा कार्यालयको सिफारीसमा कोभिडबाट प्रभावित बैदेशिक रोजगारी गुमाएका वा यस क्षेत्रमा रहेर कृषि ब्यवसाय, बाख्रा पालन, कुखुरा पालन तथा फलफुल खेति गरेका प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराएको प्राविधिक सहायक बरसाती गडरीयाले जानकारी दिइन ।

प्रकाशित मिति : २०७७ भाद्र २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *