२०८१ बैशाख ७ गते शुक्रवार

अर्थमन्त्री खतिवडाले राजीनामा दिने, मन्त्रीमण्डल हेरफेर हुने


काठमाडौं, भदौ १९ । अर्थ मन्त्री युवराज खतिवडाले राजीनामा दिने भएका छन् । शुक्रवार बालुवाटारमा बोलाइएको मन्त्रिपरिषद् बैठकमा उनले राजीनामा दिने तयारी गरेको स्रोतले बताएको छ । नेकपा सचिवालय बैठकले राष्ट्रिय सभाको रिक्त पदमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गरेसँगै अर्थमन्त्री खतिवडाको पद धरापमा पर्ने निश्चित भएको हो ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका खतिवडा ६ महिना पहिले नै सांसद पद मुक्त भएका थिए । तरपनि संविधानको धारा ७८ अनुसार ६ महिनाका लागि उनी अर्थमन्त्री बनाइएका थिए । यो संगै नयाँ अर्थमन्त्री को बन्ला ? भन्ने चर्चा परिचर्चा चुलिएको छ । जसमा उपाध्यक्ष वामदेव गौतम, महासविच विष्णु पौडेल, स्थायी कमिटी सदस्यद्वय जनार्दन शर्मा र सुरेन्द्र पाण्डेको चर्चा भइरहेको छ । सबैभन्दा बलियो संभावना भने गौतमकै रहेको स्रोतले बताएको छ ।

मन्त्री मण्डल हेरफेर हुने
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री मण्डल समेत हेरफेर गर्ने गृहकार्य सुरु गरेका छन् ।नेकपा कार्यदलले समेत सरकारको कामलाई थप प्रभावकारी बनाउन मन्त्रीहरु हेरफेर गर्न सुझाएको छ । नेकपाले आन्तरिक विवाद समाधानका लागि साउन ३० गते महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्य कार्यदल बनेको थियो । जसमा भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, पम्फा भुसाल र जनार्दन शर्मा सदस्य थिए ।

त्यो कार्यदलले १६ पृष्ठ लामो प्रतिवेदन भदौ ६ गते अध्यक्षद्वयलाई बुझाएको थियो । विहीबारको बैठक सोही प्रतिवेदन अनुसरण गर्ने गरि बामदेव गौतमलाई राष्ट्रियसभामा लैजान निर्णय गरेको हो ।

प्रकाशित मिति : २०७७ भाद्र १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *