
काठमाडौं, भदौ १८ । नेकपा सचिवालय बैठक उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सांसद बनाउने निर्णय गरेको छ।बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठमा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई राष्ट्रियसभा बनाउन प्रस्ताव गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
अर्थमन्त्री खतिवडालाई निरन्तरता दिन राष्ट्रिय सभाका एक जना सदस्यलाई फिर्ता बोलाएर खतिवडालाई नै निरन्तरता दिने चर्चा चलेको भएपनि त्यसवारे कुनै निर्णय नभएको श्रेष्ठले बताए।
प्रकाशित मिति : २०७७ भाद्र १८ गते बिहिवार
