शंकर केसी,
सल्यान, भदौ १८ ।सल्यानको कपुरकोट बजार क्षेत्र एक साताका लागि सिल गरिएको छ । विहीबार राति १० बजेदेखि भदौ २५ गते राति १० बजे सम्म मानिसहरुको बढी चहल पहल हुने बजार क्षेत्र सिल गरिएको छ । धनवाङ स्वास्थ्य चौकी कपुरकोटमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि बजार सिल गर्ने निर्णय गरिएको हो ।
विहीबार गाउँपालिकामा बसेको सर्वपक्षिय, सर्वदलिय बैठकले एक साताका लागि सिल गर्ने निर्णय गरेको हो ।संक्रमित ब्यक्ति धेरैको सम्पर्कमा रहेको आशंका गरिएको छ । त्यस्तै यसअघि पनि समुदाय स्सतरमा गरिएको परीक्षणमा एक ब्यक्तिमा कोरोना पुष्टि भएको थियो ।
कार्यापालिकाको कार्यालयय, ३ नम्बर वडा कार्यालय ,सम्पूर्ण सरकारी तथा गैर सरकारी संस्थाका कार्यालय, बैंक, वित्तिय संस्थाहरुको सेवा बन्द गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष भिमबहादुर सेनले जानकारी दिए ।यो बीचमा कपुरकोटमा सञ्चालन हुने तरकारी बजार पनि बन्द गर्ने निर्णय भएको छ ।